नेचुरल साकोस १४ औं वर्षमा प्रवेश

नेचुरल साकोस १४ औं वर्षमा प्रवेश :: Sahakari Akhabar

काठमाडौ । जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था आज (बैशाख २४) गतेबाट १४ औं वर्षमा प्रवेश गरेको छ । सदस्यहरु बीचमा वित्तीय कारोबारसँगै सामाजिक क्षेत्रमा क्रियाशिल नेचुरल साकोसले भिन्न पहिचान बनाउन सफल भएको छ ।

संस्थामा आवद्ध सदस्यहरुलाई सहज, सरल, छिटो वित्तीय सेवा प्रवाह गर्न संस्था हरदम तयार रहेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिए ।

सदस्यहरुको आर्थिक, सामाजिक एवं साँस्कृतिक आवश्यकता परिपूर्तिमा संस्था हरदम क्रियाशिल छ’, पाठकले भने । सदस्यहरु बीचको सहकार्य, सामूहिक निर्णय, अन्तरसहकारी सम्बन्ध र समुदाय केन्द्रित गतिविधि संस्थाका मूलभुत पक्ष रहेको पाठकको भनाई छ ।

सदस्यहरुको आवश्यकता बमोजिम वित्तीय तथा सामाजिक क्षेत्रमा अझ सदस्य केन्द्रित गतिविधिमार्फत संस्थाको कारोबार वृद्धि गर्दै उत्कृष्ठ सहकारी संस्थाको पहिचान बनाउन संस्था लागिरहेको उनको भनाई छ ।

विगतका केही वर्षदेखि प्रविधि मार्फत हुने कारोबारलाई संस्थाले जोड दिँदै आएको छ । नेचुरल साकोसको मोबाईल बैंकिङबाट मोबाईल रिचार्जदेखि बैंक रकम ट्रान्फरसम्मको सेवा सदस्यको रोजाईमा परेको छ ।

करिब ३ हजार सदस्यले मोबाईल बैंकिङ सेवा सुचारु गरेको पाठक बताउछन् । यो सेवा नलिएका सदस्यले घरबाटै सेवा सुचारु गर्न सकिने पाठकको भनाई छ ।



Leave a comment