प्रदेश १ सहकारी सङ्घका अनुसार १० वटा भन्दा बढी सेवा केन्द्र खोल्ने सहकारी ५० भन्दा बढी छन् । त्यसमध्ये अधिकांश सहकारी झापाकै छन् ।
काठमाडौँ । सेवा केन्द्रको नाममा प्रदेश १ मा विकृति बढेको छ । प्रभावमा पारेर सेवा केन्द्र स्वीकृति लिने र व्यापार विस्तार गर्ने क्रम बढेको छ ।
पहुँचका भरमा सेवा केन्द्र खोलेर बचत सङ्कलनमा मात्र सक्रिय भएका छन् प्रदेश १ का सहकारीहरू । खास गरी प्रदेश एकको झापाका सहकारी सेवा केन्द्र खोल्न तल्लीन देखिएका छन् ।
कतिपय ठुला सहकारीले सेवा केन्द्रकालागि अर्को जिल्लामा निष्क्रिय रहेका सहकारी मर्ज गर्ने गरेको पाइएको छ । कार्यक्षेत्र बिस्तार गर्दै सेवा केन्द्र खोल्ने विकृति बढेको सहकारीका अगुवाहरू नै बताउँछन् ।
प्रदेश १ सहकारी सङ्घका अनुसार १० वटा भन्दा बढी सेवा केन्द्र खोल्ने सहकारी ५० भन्दा बढी छन् । त्यसमध्ये अधिकांश सहकारी झापाकै छन् ।
५ वटासम्म सेवा केन्द्र लिने सहकारी धेरै छन् । २० भन्दा बढी सेवा केन्द्र सञ्चालन गर्नेमा सहारा, एनएमसी कर्णाली, हाम्रो नेपाल, सिम्रिक, नवोदय, पूर्व नेपाल छन् । त्यस्तै १० भन्दा बढी र ५ वटा सम्म सेवा केन्द्र खोल्ने सहकारी उल्लेख्य भएको सङ्घले जनाएको छ ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र प्रदेश १ का ११ जिल्ला हुन् । तर संस्थाले पाँचथर, सुनसरी, उदयपुर, इलाम, झापाका विभिन्न स्थानमा ७३ वटा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
सहाराका ५ सय ३ जना कर्मचारी छन् । सेवा केन्द्रमा ३ देखि १० जनासम्म कर्मचारी कार्यरत छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले ४५ वटा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । झापा भरी धेरै सेवा केन्द्र खोल्ने एनएमसी पहिलो हो ।
मेचीनगर सहकारीले ६ वटा सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ । सहकारीका व्यवस्थापक कोमल प्रसाद बगालेका अनुसार अन्य २ ठाउँमा स्वीकृति लिइए पनि सेवा केन्द्र सञ्चालन भइसकेको छैन ।
आउँदो साउनदेखि झापाको बिर्तामोड र शिवसताक्षीमा सेवा केन्द्र खोल्ने योजना संस्थाले बनाएको छ । मेचीका सेवा केन्द्रमध्ये मोरङमा ३ वटा, इलाममा १ र अरू सेवा केन्द्र झापामा छन् ।
बगालेले अरू सेवा केन्द्र खोल्न प्रस्ताव गरिए पनि प्रदेश रजिस्ट्रारले कडाइ गरेको बताए । जिल्ला सहकारी सङ्घ झापाका अनुसार ५ वटासम्म सेवा केन्द्र लिने सहकारी धेरै छन् ।
२० भन्दा बढी सेवा केन्द्र सञ्चालन गर्नेमा सहारा, एनएमसी कर्णाली, हाम्रो नेपाल, सिम्रिक, नवोदय, पूर्व नेपाल छन् । त्यस्तै १० भन्दा बढी र ५ वटा सम्म सेवा केन्द्र खोल्ने सहकारी उल्लेख्य भएको सङ्घले जनाएको छ ।
पछिल्लो समयमा ५० वटा सहकारी मर्ज भएका छन् । ‘सहकारी मर्ज भई केन्द्रमा रूपान्तरण भइरहेका छन्’ उनले भने, ‘गुणस्तरीय सेवाका लागि मर्ज आवश्यक छ ।’
सङ्घका अध्यक्ष गणेश ढकालले सहकारीमा नीतिगत व्यवस्था नभएकाले पहुँचकै भरमा सेवा केन्द्र लिनुपर्ने अवस्था रहेको बताउँछन् । ‘केहीले अहिले पनि सेवा केन्द्र सञ्चालन गरिरहेका छन्’ उनले भने, ‘निश्चित सदस्य र कारोबार भएपछि सेवा केन्द्र खोल्ने व्यवस्था हुनुपर्छ ।’
कतिपय सहकारीले मर्ज विधिबाट पनि सेवा केन्द्र थपिरहेका छन् । जिल्ला सङ्घका अनुसार पछिल्लो समयमा ५० वटा सहकारी मर्ज भएका छन् । ‘सहकारी मर्ज भई केन्द्रमा रूपान्तरण भइरहेका छन्’ उनले भने, ‘गुणस्तरीय सेवाका लागि मर्ज आवश्यक छ ।’ एक व्यक्ति एक सहकारी कार्यान्वयन गर्न मर्ज आवश्यक भएको उनको भनाइ छ ।
प्रदेश १ सहकारी सङ्घका अनुसार १४ जिल्ला मध्ये सेवा केन्द्रको होडबाजी गर्ने झापाका सहकारी धेरै छन् । मोरङ, सुनसरी जिल्लाका सहकारी पनि सेवा केन्द्र खोलेको देखिँदैन’ अध्यक्ष डिल्ली पोखरेलले भने,‘ झापामा एग्रेसिभले सेवा खोल्न होडबाजी गरेका छन् ।’
उनका अनुसार कम्तीमा पनि झापाकै ५० वटा सहकारीले १० वटा भन्दा बढी सेवा केन्द्र खोलेका छन् । ‘अरू जिल्लामा दुग्ध उत्पादनलगायत केहीले सेवा केन्द्र खोलेका होलान्’ उनले भने, ‘पैसा सङ्कलन गर्ने गरी बचत तथा ऋण सहकारीले सेवा केन्द्र खोलेका छैनन् ।’
मर्जरकाे नाममा सेवा केन्द्र खोल्नु विकृति रहेको प्रदेश सङ्घले जनाएको छ । ‘निष्क्रिय रहेका सहकारी मर्ज गर्ने र सेवा केन्द्रका नामबाट बचत सङ्कलन गर्ने विकृति बढेको छ’ उनले भने, ‘यसले स्थानीय सहकारीलाई पनि समस्यामा पारेको छ ।’
आवश्यकताको आधारमा खोल्नु र मर्जर गर्नु स्वाभाविक भए पनि इन्टेन्सनली मर्ज हुने क्रम बढेको र त्यस्तो मर्जलाई रोक्न प्रदेश सङ्घ लाग्ने बताइएको छ ।
१४ जिल्ला मध्ये सेवा केन्द्रको होडबाजी गर्ने झापाका सहकारी धेरै छन् । मोरङ, सुनसरी जिल्लाका सहकारी पनि सेवा केन्द्र खोलेको देखिँदैन’ अध्यक्ष डिल्ली पोखरेलले भने,‘ झापामा एग्रेसिभ रुपमा सेवा खोल्न होडबाजी गरेका छन् ।’
साँच्चिकै मर्ज गर्ने सहकारी पनि प्रदेशमा धेरै छन् । मोरङमा सहकारी मर्जर स्वाभाविक ढङ्गले अघि बढेको पाइएको छ । प्रदेश १ मा सेवा केन्द्र खोल्न चलखेल हुने गरेको बताइन्छ । व्यापार गर्ने होडले सहकारीले धमाधम सेवा केन्द्र खोलिरहेको प्रदेश रजिस्ट्रार को कार्यालयले जनाएको छ ।
प्रदेश १ सहकारी रजिस्ट्रार कार्यालयका प्रमुख बलराम निरौलाले पछिल्लो समयमा सहकारीलाई सेवा केन्द्रको स्वीकृति दिन रोकिएको बताए । ‘म आउनु अघि जथाभाबी स्वीकृति दिइएको रहेछ’ उनले भने, ‘त्यो गल्ती नै हो, अहिले सेवा केन्द्र खोल्न कडाइ गरेका छौँ ।’
प्रदेश रजिस्ट्रार कार्यालयले ०७७ जेठ देखि सेवा केन्द्र र कार्यक्षेत्र स्वीकृति दिन रोकेको छ । ‘सेवा केन्द्रको नाममा व्यापार गर्ने बढेकाले सेवा केन्द्र रोकिएको हो’ उनले भने । निरौलाले सेवा केन्द्र र कार्यक्षेत्र निरुत्साहित गर्ने गरी सहकारीको मापदण्ड ल्याउन लागिएको बताए ।
प्रस्तावित मापदण्डमा बचत तथा ऋण सहकारीलाई २ वटा पालिका र उत्पादन तथा बजारीकरणमा गएका सहकारीलाई २ वटा जिल्लासम्म कार्यक्षेत्र स्वीकृति दिने व्यवस्था गरिएको छ । त्यस्तै सेवा केन्द्रको हकमा अर्को जिल्लामा तीन सय सदस्य भएको ठाउँमा कार्यक्षेत्र दिन सकिने व्यवस्था गरिएको छ ।
Leave a comment