बिराटनगर । प्रदेश १ को सहकारी रजिष्टार कार्यालयको सेवा एक साता बन्द हुने भएको छ । कर्मचारीलाई कोरोना संक्रमणका कारण सहकारी कार्यालय इटहरीको सम्पूर्ण सेवा एक हप्ताहको लागि बन्द गरिएको हो ।
बुधबार कार्यालयले सूचना जारी गरी कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना भाईरस (कोभिड १९) संक्रमित भएको भन्दै सेवाग्रहीको स्वास्थ्यको ख्याल गर्दै कार्यालय बन्द गरिएको जनाएको छ । विज्ञप्तीमा कार्यालयले बैशाख २८ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको उल्लेख छ ।
Leave a comment