मोरङमा गए रातीदेखि निषेधाज्ञा, कम जनशक्तिमा सेवा दिन संघको निर्देशन्

मोरङमा गए रातीदेखि निषेधाज्ञा, कम जनशक्तिमा सेवा दिन संघको निर्देशन् :: Sahakari Akhabar

चीना थापा, विराटनगर । विश्वव्यापि रुपमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहरले गर्दा अहिले सबै क्षेत्र प्रभावित बनेको छ । सहकारी क्षेत्र पनि यसबाट अछुतो रहेको छैन ।

संक्रमण फैलिरहेको अवस्थामा पनि आफ्नो गतिविधि सञ्चालन गरिरहेका मोरङका सहकारीहरुलाई जिल्ला सहकारी संघ मोरङले आलोपालो प्रणाली लागु गरि कम जनशक्तिमा सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

मोरङको विराटनगर र आसपासका गाउँपालिकामा गएराति देखि गरिएको निषेधाज्ञा जारी गरिएको छ । यस्तो अवस्थामा पनि आफु सुरक्षित भई सदस्यहरुलाई न्युनतम सेवा प्रवाह गर्नु पर्ने सहकारी क्षेत्रको दायित्वलाई मध्यनजर गर्दै जिल्लाका सहकारीहरुलाई सकेको सेवा दिन संघले आग्रह गरेको छ ।

संघले आईतबार विज्ञप्ती निकाली यस्तो निर्देशनात्मक अपिल गरेको हो । आ आफ्ना स्थानिय तह र सुरक्षा निकायहरुसँग समन्वय गरि स्वास्थ्य सुरक्षाका सम्पूर्ण विधिहरु अपनाई संस्थाको प्रकृति अनुसारका न्युनतम सेवाहरु सदस्यहरुलाई उपलब्ध गराउन पनि विज्ञप्ती मार्फत अपिल गरिएको छ ।

संस्थाका कर्मचारीहरुलाई अनिवार्य रुपले परिचयपत्र उपलब्ध गराउने, निषेधाज्ञा जारी भएको स्थानमा परिचयपत्रका आधारमा कार्यालयमा आवतजावतका लागि समन्वय गर्न आग्रह गरिएको जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलले बताए ।

‘केही समयका लागि बचत फिर्ता र बचत संकलन बाहेकका अन्य कार्यहरु नगर्ने र ठूलो परिणामको कर्जा प्रवाह नगर्न भनेका छौं’, उनले भने, ‘अत्यावश्यक काम बाहेक  कार्यालयमा नआउन सदस्यहरुलाई अनुरोध गर्न आग्रह गरेका छौ ।’

संघले संस्थाको प्रकृति र सदस्यहरुको आवश्यक्ता एवम् अवस्था हेरी कारोबारको समय छोट्याउने, संस्थामा पर्याप्त तरलताको व्यवस्था गर्ने, सदस्यलाई अनावश्यक रुपमा बचत फिर्ता नलिन आग्रह गर्ने, कार्यालयका कर्मचारीहरुलाई माक्स, सेनिटाईजर, हातेपन्जा आदि उपलब्ध गराउने, सकेसम्म प्रविधिमा आधारित सेवामा जोड दिन सहकारीहरुलाई निर्देशन दिएको छ ।

संघले आईतबार विज्ञप्ती निकाली यस्तो निर्देशनात्मक अपिल गरेको हो । आ आफ्ना स्थानिय तह र सुरक्षा निकायहरुसँग समन्वय गरि स्वास्थ्य सुरक्षाका सम्पूर्ण विधिहरु अपनाई संस्थाको प्रकृति अनुसारका न्युनतम सेवाहरु सदस्यहरुलाई उपलब्ध गराउन पनि विज्ञप्ती मार्फत अपिल गरिएको छ ।

महामारिको संक्रमणको शंका लागेमा परिक्षण, संक्रमितलाई आइसोलेशन र कन्ट्याक ट्ेसिंगमा परेका सदस्य वा अन्यलाई आवश्यक समन्वय गरिदिन आग्रह गर्दै संघले  कोरोना संक्रमित सहकारीकर्मीहरुको उद्धार तथा उपचारमा आवश्यक समन्वय र सहयोग गर्न भनिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

कुनै पनि किसिमको परामर्श, सहयोग एवम् समन्वयको आवश्यकता परे संघ अथवा सम्वन्धित विषयगत संघहरुमा सम्पर्क गर्न पनि संघले सबै सहकारीहरुलाई निर्देशनात्मक अपिल गरेको छ ।




Leave a comment