सहकारी बैंकको नौ महिनाको नाफा ६२ करोड ८५ लाख

सहकारी बैंकको नौ महिनाको नाफा ६२ करोड ८५ लाख :: Sahakari Akhabar

काठमाडौ । राष्ट्रिय सहकारी बैंकले नौ महिनामा ६२ करोड ८५ लाख बढी नाफा कमाएको छ । बैंकको चालु आर्थिक वर्ष २०७७÷०७८ को तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार नाफा कमाएको हो । बैंकको गत आर्थिक वर्षको सोही त्रैमासीकको नाफा ३७ करोड १२ लाख ६८ हजार रहेको थियो ।

हालको नाफा अघिल्लो आर्थिक वर्षको त्रैमासीकका तुलनामा करिब ६९ प्रतिशतले बढी रहेको छ । बैकको प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अविधमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब २१ करोड ३३ लाख ९५ हजार पुगेको छ, भने गत वर्षको सोही अवधिमा खुद ब्याज आम्दानी ७१ करोड ९७ लाख ९६ हजार रहेको थियो   ।

बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यस अवधिमा बंैकको शेयर पूँजी २ अर्ब ८६ करोड ९ लाख ३० हजार सहित ५९ अर्ब ४५ करोड ४३ लाख ७२ हजार निक्षेप संकलन गरी ३३ अर्ब ११ करोड ७४ लाख ७८ हजार कर्जा लगानी रहेको छ । त्यस्तै बैंकको जगेडा कोषमा  ९१ करोड ३४ लाख ७५ हजार रहेको छ ।

१३ हजार २ सय ८ सदस्यहरु रहेको बैकको ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालय मार्फत आफ्ना सदस्यहरुलाई सेवा दिई रहेको जनाएको छ । सदस्य सहकारी संघ/संस्थाहरुलाई दिने सेवामा संधै अब्बल रहेको बंैकले नाफामा पनि आक्रमक रुपमा वृद्धी गरेको बैंकका अध्यक्ष के.बी उप्रेतीले बताए ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १५ प्रतिशतले लाभाशं वितरण गरेको थियो । बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ सदस्य सहकारी संघ÷संस्थाहरुलाई संरक्षित पूँजी फिर्ता कोषबाट रकम बाँडफाँड गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाँईले जानकारी दिए ।



Leave a comment