स्वास्थ्य सहकारी केन्द्रीय सङ्घ चार वर्षदेखि निष्क्रिय : विभागले गरेन कारबाही 

स्वास्थ्य सहकारी केन्द्रीय सङ्घ चार वर्षदेखि निष्क्रिय : विभागले गरेन कारबाही  :: Sahakari Akhabar

केन्द्रीय सहकारी सङ्घका अनुसार उपत्यकामा स्वास्थ्य सेवा सहकारी संस्था, गणेशमान सिंह, महेन्द्रनारायण, स्तुपा, सहीद मेमोरियल, सहयात्री, लालीगुराँस सहकारीले अस्पताल सञ्चालन गरेका छन् । उपत्यकाबाहिर पनि केही जिल्लामा सहकारीको अस्पताल राम्रोसँग सञ्चालन भइरहेका छन् । कतिपय अस्पतालमा सहकारी पनि खोलिएको छ । अस्पतालमा कार्यरत कर्मचारीले स्वास्थ्य सहकारी खोले पनि बचत तथा ऋणको काम गर्दै आएका छन् । 

काठमाडौँ । चार वर्षदेखि निष्क्रिय नेपाल केन्द्रीय स्वास्थ्य सहकारी सङ्घलाई नियमकले कारबाही गर्नसकेको छैन ।  स्वास्थ्य सहकारी केन्द्रीय सङ्घ विगत चार वर्षदेखि निष्क्रिय भएको छ । आर्थिक वर्ष २०७३/७४ पछि सङ्घको साधारण सभा हुन सकेको छैन ।

चार वर्षदेखि निष्क्रिय रहँदा पनि सङ्घका सञ्चालकको राजनीतिक पहुँचका कारण नियामक निकाय चुप रहेको बताइएको छ । सहकारी ऐनमा दुई वर्षसम्म साधारण सभा नगरेको सहकारी सङ्घ संस्थालाई निष्क्रिय संस्थाको सूचीमा राखेर कारबाही गर्ने प्रावधान रहे पनि स्वास्थ्य सहकारी केन्द्रीय सङ्घलाई विभागले कारबाही गरेको छैन ।

सहकारी विभागका उपरजिस्ट्रार सुरेन्द्र पौडेलले निष्क्रिय रहेका केन्द्रीय सङ्घको फलो नगरेको भए पनि अब उनीहरूसँग धारणा माग्ने बताए । साधारण सभा नगर्ने र निष्क्रिय सङ्घले विभागबाट अनुदान नपाएको उनले बताए । २० वटा केन्द्रीय सङ्घमध्ये क्रियाशील र निष्क्रिय सङ्घको अध्ययन हुने उनले बताए ।

स्वास्थ्य सहकारी संस्थाहरूको छाता सङ्गठनको रूपमा स्थापित केन्द्रीय सङ्घले कुनै गतिविधि सञ्चालन गर्न सकिरहेको छैन । जसले गर्दा प्रारम्भिक सहकारी अन्योलमा परेका छन् । साधारण सभा गराउन र सङ्घको गतिविधि अघि बढाउन प्रारम्भिक सहकारीले दबाब दिए पनि सङ्घको नेतृत्वले पद ओगटेर मात्रै बसिरहेको छ ।

सङ्घका महासचिव सुवेदीले छिट्टै साधारण सभा बोलाएर नयाँ नेतृत्व चयन गर्ने बताए । ‘नयाँ सदस्य पनि थपिनुभएको छ’ उनले भने, ‘उहाँहरूलाई पनि समेटेर नयाँ नेतृत्व चयन गर्न खोजिरहेका छौँ ।’ केन्द्रीय सङ्घको कार्यालय स्वशम्भुमा छ । तर सङ्घमा कर्मचारी कोही छैनन् । कार्यालय राखिए पनि सङ्घले लामो समयदेखि भाडा तिर्न सकेको छैन । सङ्घका अध्यक्ष राजेन्द्र पाण्डे अध्यक्ष रहेको नेपाल स्वास्थ्य सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पताल भवनमै केन्द्रीय सङ्घको कार्यालय राखिएको छ । सङ्घ निष्क्रिय भए पनि केन्द्रीय सङ्घको बैठक तथा छलफल गर्न कहिलेकाहीँ कार्यालय खुले पनि सङ्घबाट अरू खासै गतिविधि सञ्चालन हुन सकेको छैन ।

देशभर १ सय १५ वटा स्वास्थ्य सहकारी छन् । ती मध्ये ४२ वटा सहकारी मात्रै केन्द्रीय सङ्घमा आबद्ध भएका छन् । दर्ता भएका १ सय १५ मध्ये ६८ वटा मात्रै सञ्चालनमा छन् । अन्य सहकारी निष्क्रिय हुनुका साथै सञ्चालनमा आउन सकेका छैनन् ।

सङ्घका महासचिव खेमराज सुवेदीले सङ्घलाई सक्रिय बनाउन नसकिएको स्वीकार गरे । ‘केन्द्रीय सङ्घलाई सक्रिय बनाउन नसकिएको सत्य हो’ उनले भने,‘अब पुनर्जीवन दिने पक्षमा छौँ ।’ स्वास्थ्य सहकारीको अभिभावकको रूपमा रहेको केन्द्रीय सङ्घ नै निष्क्रिय भएपछि प्रारम्भिक सहकारीहरूको वकालत हुन सकिरहेको छैन ।

बहस, पैरवी गर्ने निकाय  नहुँदा सहकारी समस्यामा परेका छन् । केन्द्रीय सङ्घमा पछिल्लो समयमा ८ वटा सहकारी थपिएका छन् । ३४ वटा सहकारी पहिला नै सदस्य थिए । प्रारम्भिक सहकारीले सङ्घको साधारण सभा बोलाउन दबाब दिएको भए पनि सङ्घको नेतृत्व मौन रहँदै आएको छ ।

सङ्घका महासचिव सुवेदीले छिट्टै साधारण सभा बोलाएर नयाँ नेतृत्व चयन गर्ने बताए । ‘नयाँ सदस्य पनि थपिनुभएको छ’ उनले भने, ‘उहाँहरूलाई पनि समेटेर नयाँ नेतृत्व चयन गर्न खोजिरहेका छौँ ।’ केन्द्रीय सङ्घको कार्यालय स्वशम्भुमा छ । तर सङ्घमा कर्मचारी कोही छैनन् । कार्यालय राखिए पनि सङ्घले लामो समयदेखि भाडा तिर्न सकेको छैन ।

सङ्घका अध्यक्ष राजेन्द्र पाण्डे अध्यक्ष रहेको नेपाल स्वास्थ्य सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पताल भवनमै केन्द्रीय सङ्घको कार्यालय राखिएको छ । सङ्घ निष्क्रिय भए पनि केन्द्रीय सङ्घको बैठक तथा छलफल गर्न कहिलेकाहीँ कार्यालय खुले पनि सङ्घबाट अरू खासै गतिविधि सञ्चालन हुन सकेको छैन ।

महासचिव सुवेदीले सङ्घको आर्थिक अवस्था कमजोर भएकाले सङ्घ सक्रिय हुन नसकेको बताए । अबको नेतृत्वले आर्थिक सशक्तीकरण हुने गरी गतिविधि अघि बढाइने उनले बताए । सञ्चालन भएका अधिकांश स्वास्थ्य सहकारीले अस्पताल सञ्चालन गरिरहेका छन् । केहीले शैक्षिक प्रतिष्ठानहरू सञ्चालन गरिरहेका छन् ।

सहकारीले अस्पताल राम्रोसँग सञ्चालन गरे पनि अधिकांश सहकारीले स्वास्थ्य सचेतना फैलाउन सकिरहेका छैनन् । स्वास्थ्यसँग जोडिएका चेतनामूलक कार्यक्रम प्रभावकारी सञ्चालन गर्न सके सहकारीको गतिविधि प्रभावकारी हुने जानकारहरू बताउँछन् ।

स्वास्थ्य सहकारी जिल्ला सङ्घ पनि निष्क्रिय छन् । काठमाडौँ र भक्तपुरमा जिल्ला स्वास्थ्य सहकारी सङ्घ स्थापना भए पनि सञ्चालनमा आउन सकेका छैनन् । जिल्ला सङ्घ पनि निष्क्रिय हुँदा प्रारम्भिक सहकारी चिन्तित छन् ।

केन्द्रीय सहकारी सङ्घका अनुसार उपत्यकामा स्वास्थ्य सेवा सहकारी संस्था, गणेशमान सिंह, महेन्द्रनारायण, स्तुपा, सहीद मेमोरियल, सहयात्री, लालीगुराँस सहकारीले अस्पताल सञ्चालन गरेका छन् । उपत्यकाबाहिर पनि केही जिल्लामा सहकारीको अस्पताल राम्रोसँग सञ्चालन भइरहेका छन् । कतिपय अस्पतालमा सहकारी पनि खोलिएको छ । अस्पतालमा कार्यरत कर्मचारीले स्वास्थ्य सहकारी खोले पनि बचत तथा ऋणको काम गर्दै आएका छन् । 



Leave a comment