चन्द्रागिरि साकोस र शुभतारा बहुउद्देश्यीय सहकारी एकीकरण 

चन्द्रागिरि साकोस र शुभतारा बहुउद्देश्यीय सहकारी एकीकरण  :: Sahakari Akhabar

काठमाण्डौ । चन्द्रागिरि नगरपालिका ७ थानकोटमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी र ललितपुर म।हानगरपालिका १४ खुमलटारमा रहेको शुभतारा बहुउद्धेश्यीय सहकारी एकिकरण भएका छन् । संस्गाको एकिकरण प्रकृया बैशाख ८ गते सम्पन्न भएको हो ।

वागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखाबाट एकीकरण प्रकृया सम्पन्न भएको जनाएको छ । वाग्मती प्रदेश सहकारी ऐन २०७६ र प्रदेश सहकारी नियमावली २०७६ बमोजिम एकीकरणका शर्त तथा कार्यविधिहरु पारित भएको जनाएको छ ।

एकीकरण प्रकृया अघि चन्द्रागिरि साकोसको कुल सम्पत्ति २ अर्ब ४७ करोड, सदस्य १३ हजार ५ सय र शुभतारा सहकारीको कुल सम्पत्ति २० करोड तथा सदस्य ६ सय रहेको थियो । संस्था एकीरण पश्चात चन्द्रागिरि  बचत तथा ऋण सहकारी संस्था मार्फत कारोवार गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

संस्थाको कार्यक्षेत्र काठमाडौं र ललितपुर जिल्लाभर र धादिङ जिल्लाको धुनिबेशी नगरपालिका रहेको छ । संस्थाको चन्द्रागिरि न.पा.को १२ सृजनाचोकमा दहचोक सेवाकेन्द्र, ललितपुर म.न.पाको १४ खुमलटारमा शुभतारा सेवाकेन्द्र, का.म.न.पाको २२, न्युरोडमा न्युरोड सेवाकेन्द्र र धुनिबेसी न.पा. ७ मा नौविसे सेवाकेन्द्र सञ्चालन हुनेछ । १ लाख सदस्य र ३० अर्ब कुल सम्पत्ति पु¥याउने लक्ष्य लिएको संस्थाले गुणस्तरीय वित्तिय सेवा प्रदान गर्ने जनाएको छ ।



Leave a comment