मोरङका सहकारी मार्फत ३२ अरब कारोबार 

मोरङका सहकारी मार्फत ३२ अरब कारोबार  :: Sahakari Akhabar

चीना थापा / विराटनगर । मोरङमा सञ्चालित सहकारी मार्फत १० अरब निक्षेप (बचत) सङ्कलन भएको छ । जिल्लामा सञ्चालित सबै सहकारीको कुल शेयर पुँजी २ अरब ४८ करोड ८७ लाख पुगेको छ ।

त्यसै गरी सहकारी मार्फत १२ अरब लगानी भएको छ । जिल्लामा सञ्चालित  हजार भन्दा बढी सहकारीको कारोबार ३२ अरब रहेको छ । विराटनगरमा रहेको स्टार बहुउद्देश्यीय सहकारीको कारोबार ७० करोड रहेको छ ।

जिल्ला सहकारी सङ्घका अनुसार १० करोड भन्दा बढी कारोबार गर्ने सहकारी ७० वटा रहेको जिल्ला सहकारी सङ्घ मोरङका अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिए ।

नारी सङ्कल्प बचत तथा ऋण सहकारी संस्था उर्लाबारी, दिपज्योति नारी विकास सहकारी बेलबारी, नारी पाथीभरा सहकारी रतुवा माई, स्वाती महिला बचत तथा ऋण सहकारी विराटनगर र राजसती महिला सहकारी टंकीसिनवारीले १० करोड भन्दा माथि कारोबार गरेका छन् । यी सहकारी महिलाले मात्र सञ्चालन गरेका सहकारी हुन ।

सबैभन्दा धेरै सहकारी विराटनगर महानगरपालिकामा रहेका छन् । जहाँ २९३ वटा सहकारी सञ्चालनमा छन् । त्यस्तै सुन्दर हरैचामा पनि अन्य ठाउँको तुलनामा बढी सहकारी सञ्चालनमा छन् । १५३ वटा सहकारी त्यस क्षेत्रमा सञ्चालनमा छन् । जिल्लामा महिलाले मात्र सञ्चालन गरेका सहकारीको सङ्ख्या ११५ वटा रहेका छन् ।

जिल्लामा सञ्चालित सबै सहकारीमा ३ लाख १५ हजार ५ सय ४५ शेयर सदस्य छन् । जसमा पुरुष १ लाख ३६ हजार ३ सय १३ जना छन् भने महिला १ लाख ७९ हजार १ सय ६२ जना रहेका छन् । ३ हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

मोरङमा बचत तथा ऋण सहकारी ६०२ वटा रहेका छन् भने बहुउद्देश्यीय सहकारी १४३ वटा रहेका छन् । त्यसै गरी कृषि सहकारी २३५ र अन्य सहकारी ११९ वटा रहेका छन् ।

सबैभन्दा धेरै सहकारी विराटनगर महानगरपालिकामा रहेका छन् । जहाँ २९३ वटा सहकारी सञ्चालनमा छन् । त्यस्तै सुन्दर हरैचामा पनि अन्य ठाउँको तुलनामा बढी सहकारी सञ्चालनमा छन् । १५३ वटा सहकारी त्यस क्षेत्रमा सञ्चालनमा छन् । जिल्लामा महिलाले मात्र सञ्चालन गरेका सहकारीको सङ्ख्या ११५ वटा रहेका छन् ।

जिल्लामा १८ प्रकृतिका सहकारी रहेका छन् । बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, दुग्ध, उपभोक्ता, जडीबुटी, सूचना तथा सञ्चार,  मौरी पालन, स्वास्थ्य, तरकारी तथा फलफूल, पशुपालन, चिया कफी, शिक्षा र विद्युत सहकारी सञ्चालनमा छन् । 




Leave a comment