यी हुन् जनसेवा श्री पदक पाउने सहकारीकर्मीहरु

यी हुन् जनसेवा श्री पदक पाउने सहकारीकर्मीहरु :: Sahakari Akhabar

काठमाडौँ । जनसेवा श्री पदक पाउने सहकारकर्मीको सङ्ख्या बढ्दै गएको छ । विगतका वर्षदेखि सहकारीका अगुवाहरूले जनसेवा श्री पदकबाट विभूषित भइरहेका छन् ।

पाँचौँ संविधान दिवसको अवसरमा सरकारले यस वर्ष सहकारी क्षेत्र सम्बद्ध पाँच जनालाई जनसेवा श्री पदकबाट विभूषित गरेको छ । सहकारी क्षेत्रबाट प्रबल जनसेवा श्री (तृतीय) पाउने एक जना, प्रबल जनसेवा श्री (चतुर्थ)  पाउने तीन जनालाई र जनसेवा श्री (पञ्चम) बाट विभूषित हुने एक जना छन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेल, राष्ट्रिय सहकारी महासङ्घकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग र काठमाडौँ महानगरपालिका सञ्चार शाखा प्रमुख एवं पूर्व सहकारी शाखा प्रमुख नमराज ढकाल प्रबल जनसेवा श्री (चतुर्थ) बाट विभूषित भएका छन् ।

सुप्रबल जनसेवा श्री (तृतीय) बाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबारका सहसचिव जनकराज जोशी र जनसेवा श्री (पञ्च) बाट झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका सचिव एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक महेन्द्र गिरी विभूषित भएका हुन् । नयाँ वर्षको दिन कार्यक्रम गरी राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गरेकी थिइन् । 




Leave a comment