मोरङ । राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपालको सहकारीका प्रवर्तक बखान सिंह गुरुङको सालिक निर्माण गरिएको छ । पथरी शनिश्चरे नगरपालिकाको ३ लाख ५० हजारको सहयोगमा सालिक निर्माण भएको हो । सहकारी कर्मचारी संगठनको पहलमा सालिक निर्माण गरिएको हो । सङ्गठनले सहकारी पुस्तकालयको पनि स्थापना गर्ने सङ्गठनका अध्यक्ष गणेश कुमार राईले बताए ।
सोही अवसरमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ( प्यासी ) ले सहकारी सचेतनाका कारण धेरै मान्छे सहकारीमा आबद्ध भएकाले अभियानले सार्थकता पाएको बताएका छन् । उनले हरेक जनताको घरको सम्पत्तिको रूपमा सहकारी स्थापना हुनेमा आफू विश्वस्त रहेको पनि बताए । उनले भने ‘हरेक घरको ढुकुटिको रूपमा सहकारी हुनेछ ।’ सहकारीले मर्म बुझेर सहयोग गर्ने भएकाले पनि सहकारिमा सबैको आकर्षण बढेको उनको भनाई थियो ।
सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपालको सहकारी अभियन्ताको सालिक मोरङले अनावरण गर्न पाउनु खुसीकाे कुरा भएको बताए । मन्त्री ढकालले राजनीतिक कारणले अहिले धेरैको मन धमिलिएको बताउदै सहकारी अभियान्ता हरुले मन नधमिल्याई अगाडि बढ्नु पर्ने बताए । सहकारीलाई सरकारले प्राथमिकतामा राखेको ढकालले बताए ।
राष्ट्रिय सहकारी महासघा उपाध्यक्ष रमेश प्रसाद पोखरेलले नेपालको सहकारी अभियानलाई विश्वका धेरै देशले अध्ययनको थलो बनाउने गरेको बताए । उनले भने ‘हाम्रो अभियानलाई विश्वले अनुसरण गर्नु सहकारी अभिनाताको लागि खुस्को कुरा हो ।’ सहकारी सङ्गठनात्मक हिसाबले, सहभागिताको हिसाबले, अर्थतन्त्रको हिसाबले मजबुत भएकाले अब सहकारीहरु व्यावसायिकतामा जानुपर्ने उपाध्यक्ष पोखरेलको भनाई थियो ।
दिवस मूल समारोह समितिको आयोजना भएको कार्यक्रममा सहकारीका अभियन्ता मुक्ति बराल र चन्द्र प्रसाद गौतमलाई सम्मान गरेको छ । त्यसै गरी दिवसको अवसरमा आयोजित कुर्सी दौड प्रतियोगितामा प्रथम, द्धीतिय र तृतीय हुरेलाइ सम्मान गरेको छ । त्यसै गरी कर्मचारी र सहकारी सञ्चालक बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका प्रथम तथा द्वितीय हुनेलाइ पनि सम्मान गरेको थियो । कार्यक्रम दिवस मूल समारोह समितिका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
Leave a comment