ऐन संशोधन हुँदैन : मन्त्री तुम्बाहाम्फे

ऐन संशोधन हुँदैन : मन्त्री तुम्बाहाम्फे :: Sahakari Akhabar

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले सहकारीसँग बाझिएका ऐन संशोधन नहुने बताएकी छन् । ६४ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा सहकारी विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाम्फेले सहकारी ऐनसँग बाझिएका ४७ वटा ऐन संशोधन आवश्यक नभएको बताइन् ।

कतिपय ऐनमा सहकारी राख्नु उचित नै देखिँदैन’ उनले भनिन् । त्यस्ता ऐन संशोधन गर्न सहकार्य भए पनि मन्त्रालयबाट सहकारी ऐनबाहेक अरू ऐन संशोधन गर्न नसक्ने बताइन् । सहकारी ऐन संशोधन गर्न आफू सकारात्मक रहेको उनकाे भनाइ छ ।

मन्त्री तुम्बाहाम्फेले गलत काम गर्ने सहकारीलाई कारवाही हुने बताएकी छन् । सहकारी दिवसको अवसरमा सहकारीले कमजोरी सुधारेर अघि बढ्न प्रण गर्नुपर्ने बताइन् । ‘सहकारीले कमजोरी सुधार्नुपर्छ’ उनले भनिन्,‘दिवसको दिन सहकारीको समीक्षा हुन जरुरी छ ।’ 

कानुन कार्यान्वयन गर्न राज्य र सहकारी अभियानले ध्यान दिनुपर्ने बताइन् । ‘नियमन गर्न जागरूक बनाउनुपर्छ’ उनले भनिन्‘ तीन तहका सरकारले योजना बनाउनुपर्छ ।’ नराम्रो गर्नेलाई कारबाही गर्न कुनै पनि सरकार चुक्न नहुने उनको भनाइ छ ।

सहकारीको नियमन प्रभावकारी बनाउन तथा तथ्याङ्कमा यथोचित समस्या समाधान गर्न कोप मिस सुधार गर्नुपर्ने मन्त्री तुम्बाहाम्फेले बताइन् । ‘कोप मिस अभ्यासमा ल्याउँछौँ’उनले भनिन्,‘प्रणालीमा सुधार गरिने छ ।’ कतिपय अवस्थामा सहकारी अभियान र राज्यको सहकार्य हुने भए पनि ऐनको परिँदी भित्र बसेर आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताइन् ।

सहकारी मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नवीकरण सिस्टम नउद्या सहकारीमा समस्या आएको बताए । नवीकरणका लागि कानुनी व्यवस्था गर्न लागिएको बताए । ‘यसो गर्न सकिए सहकारी प्रणाली र राज्य संयन्त्रमा जोडिन्छन्’ उनले भने ।  कोप मिसले नै कर्जा सूचना केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । अभियानले छुट्टै बनाउन लबिङ गर्दै आएको भए पनि छुट्टै नबनाइने उनले बताए ।

सहकारीको रियल टाइमको तथ्याङ्क लिन आवश्यक भएको उनले बताए । ‘यसले सुशासन ल्याउन सघाउँछ’ उनले भने । सदस्यको जीवनस्तर र जीविकोपार्जन गर्न सहकारीको योगदान उच्च हुने भएकाले सहकारीले सही मार्गमा बसेर काम गर्नुपर्ने बताए ।

कार्यपत्र प्रस्तुत गर्दै सचिव गोपीनाथ मैनालीले सहकारीको नियमन गर्न आवश्यक भएको बताए । वित्तीय सहकारीको नियमन नगरी सुखै छैन’ उनले भने ।  सहकारी एकीकरण फोर्स मर्जर गर्न नहुने उनको धारणा छ  । ऐनमा व्यवस्था गरिए अनुसार मुख्य कारोबार प्रावधान कार्यान्वयन गर्न नसके सहकारी बचत तथा ऋणमा रुपान्तरण  हुनुपर्ने बताए । समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न अभियान र सरकारले ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय सहकारी महासङ्घका मीनराज केलले सहकारीलाई मर्यादामा रहेर व्यवसाय गर्न र प्रविधिमा आत्मसात् गर्न ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारा ल्याएको बताए । ‘नाराले सहकारी लाई फोकस हुन सघाउँछ’ उनले भने । नारा कार्यान्वयन गर्न गाइडलाइन ल्याउन लागिएको उनले बताए । तीन खम्बे अर्थनीतिमा सहकारी सबल खम्बामा रूपमा स्थापित हुन विशिष्टीकृत सङ्घको मोडेलले सघाउने उनको भनाइ छ । सहकारीका समस्या समाधान गर्न विभागसँग सहकार्य गर्न सकिने उनले बताए ।

सहकारी विभागका रजिस्ट्रार लिला प्रसाद शर्माले सहकारी क्षेत्रलाई मर्यादित बनाउनुको विकल्प नभएको बताए । ‘मर्यादित बनाउन साझाप्रतिबद्धता हो’ उनले भने । प्रबिधी कोप मिस नै भएको उनको भनाइ छ । अनुगमन नतिजामुखी र प्रभाबकारी बनाउने साझा सहकार्यमा नीति अवलम्बन गरिने बताए ।

सहकारी तथ्याङ्क पूर्ण समावेश नभएकाले पुनरावलोकन गरिने उनले बताए । सहकारीको सङ्ख्याको तुलनामा रोजगारी थोरै भएकाले थप अध्ययन आवश्यक भएको उनको भनाइ छ । उपराष्ट्रपति चोमेन्द्र न्यौपानेले स्थानीय तह र प्रदेशले कानुन् बनाउन नसक्दा विभागमा कामको बोझ बढेको बताए । जनशक्ति थोरै भएकाले काम गर्न समस्या भएको उनको भनाइ छ । कोप मिस दुर्त गतिमा अघि बढाउन विभागले गृहकार्य गरिरहेको उनको भनाइ छ ।

कोपोमिसमा ६ हजार १ सय १० सहकारी आबद्ध भएको मा असारसम्म १५ हजार सहकारीको तथ्याङ्क प्रविष्ट गर्ने बताए  । कोपोमिसमा आबद्ध नहुने सहकारीलाई कारबाही गर्ने नवीकरण गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । शाखा अधिकृत प्रेमप्रसाद लुइँटेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपरजिस्ट्रार सुरेन्द्र पौडेलले स्वागत गरेका थिए ।

दिवसका अवसरमा पहिलो स्थापना भएको बखानपुर ऋण समितिका संस्थापक कृष्णमान गुरुङ र इन्द्र सिंह गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै कर्मचारी बासु खत्री पनि सम्मानित भएका छन् । गत आर्थिक वर्षमा उत्कृष्ट कर तिर्ने तीनवटा सहकारी पनि सम्मानित भएका छन् ।



Leave a comment