सहकारी दिवसको अवसरमा रक्तदान

सहकारी दिवसको अवसरमा रक्तदान :: Sahakari Akhabar

विराटनगर । सहकारी दिवसको अवसरमा मोरङमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ६४ औं सहकारी दिवसको अवसरमा पथरी शनिश्चरे नगरपालिकाको शनिश्चरे बजारमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

सहकारी समन्वय समिति पथरी शनिश्चरे र सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । खुल्ला रक्तदान कार्यक्रममा  ५७ पाउन्ड रगत संकलन भएको आयोजकले जनाएको छ ।

सहकारी दिवस सप्ताहव्यापी मनाउने मूल समारोह समितिको निर्णय अनुसार पहिलो दिन रक्तदान कार्यक्रम गरिएको सहकारी कर्मचारी संगठनले जानकारी दिएको छ । रक्तदान कार्यक्रम शनिबार गरिएको थियो ।

 त्यस्तै आइतबार पथरी शनिश्चरे नगरपालिकामा सञ्चालित सहकारी संस्थाका संञ्चालक र कार्यरत कर्मचारीबीच फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । यही चैत २० गते सहकारी दिवसमा गरिने कार्यक्रम भने मूलसमारोह समितिले कोरोनाको कारण देखाउँदै स्थगन गरेको छ । 
 



Leave a comment