दूध र मासु र अण्डामा देश आत्मनिर्भर 

दूध र मासु र अण्डामा देश आत्मनिर्भर  :: Sahakari Akhabar

काठमाडौं । सरकारले दूध र मासुमा देश आत्मनिर्भर भएको घोषणा गरेको छ । सरकारले एक कार्यक्रमको आयोजना गरी दूध, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्दै उल्लेख्य योगदान दिने संस्थालाई सम्मान गरिएको थियो । 

दूध उत्पादनमा अग्रणी भूमिका खेलेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) सम्मान गरेको छ । सहकारीको माध्यमबाट दुध उत्पादन, संकलन तथा बजारीकरणमा उल्लेख्य भएको भन्दै सरकारले योगदानको कदर गर्दै सम्मान गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संस्था प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालालाई संयुक्तरुपमा सम्मान पत्र प्रदान गरे ।  मेचीनगर–६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको एनएमसीले एनएमसी डेरी, एकीकृत नमुना कृषि फार्म सञ्चालन गरेको छ । 

 



Leave a comment