काठमाडौं । हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइन्छ । २०१३ चैत्र २० मा बखान ऋण समिति स्थापना भएको दिनलाई सम्झना गर्दै सहकारी दिवस मनाउने गरिएको छ ।
गत वर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण दिवसका अवसरमा देश लकडाउनमा थियो । सरकारले गत वर्ष चैत्र ११ गतेदेखि लामो समयसम्म लकडाउन ग¥यो । जसले गर्दा सहकारी दिवसका कार्यक्रम प्रभावित बन्न पुग्यो ।
देश कोरोनाको जोखिममा रहेका बेला राष्ट्रिय सहकारी महासंघको अगुवाईमा कोरोना –कोभिड १९) नियन्त्रण सहकारी सेन्टर स्थापना भएको घोषणा गरियो । तर उक्त घोषणा अनुसार कुनै पनि काम हुन सकेको छैन । कोरोना सेन्टरका लागि महासंघले अन्य निकायको सहकार्यमा मनमोहन मेमोरियल अस्पताललाई २५ लाख रकम हस्तान्तरण गरेको थियो । तर सहकारीको रकम दुरुपयोग भएको पाइएको छ ।
कोरोना सेन्टरका लागि महासंघको १५ लाख रुपैयाँ र नेपाल बचत बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को ५ लाख र कृषि सहकारी केन्द्रीय संघको ५ लाख गरी २५ लाख रुपैयाँ केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले सञ्चालन गरेको मनमोहन मेमेरियल स्वास्थ्य सहकारी पछिल्लो समयमा धराशायी बन्न पुगेको छ । संस्था र अस्पताल प्रभावकारीरुपमा सञ्चालन हुन नसकेपछि झण्डै तीन हजार सदस्य बिचल्लीमा परेका छन्।
महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले समुदायप्रति चासो सिद्वान्त कार्यान्वयन गर्न गत वर्ष दिवसमा कोरोना सेन्टर स्थापना गरिएको बताइन् । सेन्टर स्थापना गरिएपनि प्रभावकारी नभएको सहकारीकर्मीको बुझाई छ ।
सेन्टरको संयोजकसमेत रहेकी मल्लले सहकारी संघ–संस्थासँगको हातेमालो गरि सुरु गरिएको केन्द्रले प्रभावकाररिुपमा काम गर्न नसकेको बताइन् ।
अस्पताल व्यवस्थापनले सेन्टरबाट कोरोनाको टेष्ट हुनुका साथै भर्ना गरेर बिरामी उपचार गरिरहेको जनाएको छ । सेन्टर स्थापना भएपनि पर्याप्त पूर्वाधार नभएको र सेन्टरमा कोरोनाकै कमै मात्रै बिरामी जाने गरेको व्यवस्थापन समितिले स्वीकार गरेको छ ।
सहकारीको सहयोगको रकमले अस्पतालले एउटा भेन्टिलेटर, पिपीआई खरिद गरेको थियो । प्रक्रिया अघि बढेको छ । देशमा अझै कोरोनाको जोखिम उच्च रहेपनि कोरोना सेन्टर प्रभावकारीरुपमा सञ्चालन गर्न सहकारी तथा व्यवस्थापन पक्षले चासो देखाउन सकेको छैन ।
नेपाल स्वास्थ्य सहकारी संस्थाका सदस्यले अहिलेसम्म सेयर सदस्यले एक रुपैयाँ पनि फिर्ता पाएका छैनन् । संस्था १५ वर्षअघि सञ्चालनमा आएको थियो ।
कोभिड १९ महमारीपछि अस्पतालको आर्थिक अवस्था दयनीय हुँदै गएको बताइएको छ । १५ करोड भन्दा बढीमा अस्पताल सञ्चालन भइरहेको छ । मनमोहनका ठमेललगायतका अस्पताल बन्द भएका छन् । स्वंयम्बुमा कोरोना सेन्टर सञ्चालनमा ल्याइएपनि फाट्टफुट्ट मात्रै चलेको छ ।
Leave a comment