गुणस्तरीयता ल्याउन स्तरीकरण 

गुणस्तरीयता ल्याउन स्तरीकरण  :: Sahakari Akhabar

बागलुङ । गुणस्तरी सहकारी निर्माणमा जोड दिनुपर्ने बाग्लुङमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले सहकारी स्तरीकरण गर्न एक कार्यक्रमको आयोजना गरेको छ । 

सहकारीको कारोबार पारदर्शी नभएका कारण जोखिम बढ्दै गएको छ । सहकारीको सेवासमेत गुणस्तर छैन् । गुणस्तरमा सघाउनका लागि बैंकले स्तरीकरण कार्यक्रम ल्याउन लागेको हो । 

बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीहरुको स्वास्थ्य अवस्था मापन गरी सुधार गर्नका लागि स्तरीकरण कार्यक्रम सञ्चालन गरिएको बताए ।     

संस्थालाई संस्थागत रुपमा सञ्चालन गर्न, सञ्चालक, कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्न तथा शेयर सदस्यहरुका लागि सुरक्षित संस्था बनाउनका लागि स्तरीकरण कार्यक्रम आयोजना गरिएको सञ्चालक जिसीले बताए ।     

बैंकका स्तरीकरण विभागका अधिकृत नवकुमार अधिकारीले स्तरीकरण कार्यक्रमको सञ्चालन प्रक्रिया, प्रभावकारिता र सहकारीको समग्र अवस्था सुधारमा खेल्न सक्ने बताए । 

संस्थाको वित्तीय तथा गैर वित्तीय अवस्था सुधारका लागि बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम सहयोगी हुने उनको भनाइ थियो ।  
     
     बैंकले सहकारीहरुको सञ्चालन प्रक्रियालाई व्यवस्थित गर्ने, सहकारी संघ संस्थाको सेवालाई गुणस्तरीयता सुनिश्चित गर्ने, समय सापेक्ष क्षमता अभिवृद्धि गर्ने तथा सहकारी संघ संस्था र सहकारी अभियानको छवि उच्च बनाउने उद्देश्यका साथ सहकारी स्तरीकरण कार्यक्रम सञ्चालन गरेको छ ।         
अन्तरक्रिया कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले गर्नु भएको थियो । 
 



Leave a comment