काठमाडौँ । राष्ट्रिय सहकारी महासङ्घले सहकारी दिवसका लागि ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थिम तय गरेको छ । पछिल्लो समय कोभिडका कारण सहकारीमा प्रविधि विषय चर्चाको शिखरमा छ । प्रविधि प्रयोगमा सहकारी कमजोर भइरहेको अवस्थामा महासङ्घले दिवसको थिम नै ल्याएपछि सहकारीमा उत्साह थपिएको हो ।
नेपालमा सहकारी स्थापना भएको ६४ वर्ष पुगेको छ । २०१३ साल चैत्र २० गते चितवनमा बखान सहकारी स्थापना भएसँगै नेपालको सहकारी सुरुवात भएको हो । यद्यपि, २०१० मै सहकारी विभाग गठन भइसकेको थियो । ६ दशक बढी भइसक्दा पनि सहकारीले राम्रोसँग प्रविधि प्रयोग गर्न पाएका छैनन् । कतिपय सहकारी म्यानुअलमै सीमित छन् ।
सहकारीले पछिल्लो समयमा प्रविधि आत्मसात् गर्न थालेका छन् । एटिएम, मोबाइल बैङ्किङ, ट्याब्लेट बैङ्किङ, एकाउन्ट नोटिफिकेसन, ब्रान्च लेस बैङ्किङ, युटिलिटी पेमेन्ट, क्युआर कोडलगायत प्रविधि प्रयोगमा सहकारीको ध्यान जान थालेको छ । तर सीमित सहकारीले मात्रै प्रविधि प्रयोगमा जोड दिएका छन् ।
सहकारी विभागका अनुसार देशभर ३० हजार सहकारी छन् । सहकारीमा ७३ लाख मानिस आवद्ध छन् । सहकारीले ८८ हजार ३ सयलाई रोजगारी दिएको छ । देश भरी सहकारीको नेटवर्क राम्रो भए पनि प्रविधि प्रयोगमा उदासीन देखिएका छन् । कतिपय सहकारीले आफ्नो कारोबार किताब बुकमै राख्ने गरेको पाइएको छ । ‘सहकारीले प्रविधि आत्मसात् गरी परिवर्तित समयलाई पछ्याउन सक्नुपर्ने भए पनि त्यसो भएको पाइँदैन ।
सहकारी प्रविधिमा नगई सुखै नभएको सहकारीका अगुवाहरू बताउँछन् । युवालाई आकर्षित गर्न पनि सहकारीले प्रविधि प्रयोग गर्नुपर्ने तर्क गर्छन् । राष्ट्रिय सहकारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले प्रविधि प्रयोगमा सहकारी आकर्षित भइरहेको बताए । ‘धेरै सहकारी म्यानुअलबाट अटोमेटिकमा जाँदै छन्, उनले भने । खासगरी सहर केन्द्रित सहकारी अटोमेटिक सिस्टममा सञ्चालन हुन थालेका छन् । बैङ्कले सहकारीलाई प्रविधिमैत्री सेवा दिन गृहकार्य गरिरहेको उनको भनाइ छ । सहकारीलाई पूर्ण प्रविधिमैत्री बनाउने उद्देश्यले हालै हब कोअपरेटिभ सलुसन स्थापना भएको छ ।
महासङ्घले ६४ औँ दिवसको थिम प्रविधि प्रयोगमा फोकस गरेपछि अब सहकारी प्रविधिमा जाने अपेक्षा गरिएको छ । महासङ्घका अध्यक्ष मीनराज कँडेलले प्रविधिमैत्री सहकारी बनाउन योजनाबद्ध ढङ्गले अघि बढ्ने बताए । ‘योजना बनाएर के के काम गर्ने भन्ने गृहकार्य बनिरहेको छ’ उनले भने ।
यद्यपि, महासङ्घले यसअघिका वर्षहरूमा पनि थिम बनाएर एउटा एउटा विषयमा फोकस गर्दै आएको थियो । तर त्यस विषयमा वर्ष भरी के काम भयो भन्ने महासङ्घले समक्षा गर्न सकेको छैन । त्यसरी कार्यान्वयन गर्न कार्य योजना समेत बनेका थिएनन् । तर यसपटक महासङ्घले थिम सहित कार्य योजना बनाउने उद्घोष गरेको छ ।
हजारौँको सङ्ख्यामा सहकारी भए पनि सयौँ सहकारीले मात्रै प्रविधि प्रयोग गरेका छन् । यस दिवस पश्चात् हजारौँ सहकारी प्रविधि प्रयोग गर्न अब्बल बनाउन महासङ्घ क्रियाशील हुने बताइएको छ । अहिले एटिएम प्रयोगमा सहकारीको लहर चलेको छ । एटिएम भन्दा अन्य सेवा नै प्रभावकारी हुने जानकारहरू बताउँछन् ।
केही समयदेखि सहकारीका लागि सफ्टवेयर बिक्री गर्ने कम्पनी पनि आएका छन् । त्यस्ता कम्पनीहरूले सहकारीलाई प्रविधिमा रूपान्तरित गरिरहेका छन् । इन्फो डेभलपर्सले १६ वर्षदेखि सहकारीका लागि सफ्टवेयर बिक्री गर्दै आएको छ । पहिला डेक्सटप सफ्टवेयर चलाउने सहकारी अहिले सेन्ट्ररलाइजेसन कोर बैङ्किङ सिस्टम प्रयोग गर्न थालेका छन् ।
सहकारी प्रविधिमा नगई सुखै नभएको सहकारीका अगुवाहरू बताउँछन् । युवालाई आकर्षित गर्न पनि सहकारीले प्रविधि प्रयोग गर्नुपर्ने तर्क गर्छन् । राष्ट्रिय सहकारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले प्रविधि प्रयोगमा सहकारी आकर्षित भइरहेको बताए ।
‘धेरै सहकारी म्यानुअलबाट अटोमेटिकमा जाँदै छन्, उनले भने । खासगरी सहर केन्द्रित सहकारी अटोमेटिक सिस्टममा सञ्चालन हुन थालेका छन् । बैङ्कले सहकारीलाई प्रविधिमैत्री सेवा दिन गृहकार्य गरिरहेको उनको भनाइ छ । सहकारीलाई पूर्ण प्रविधिमैत्री बनाउने उद्देश्यले हालै हब कोअपरेटिभ सलुसन स्थापना भएको छ ।
संस्थाका अध्यक्ष दक्ष पौडेल सहकारी पनि समय सापेक्ष सञ्चालन हुनु पर्ने बताउँछन् । उनी भन्छन् सहकारी अव प्रविधिमा नगई सुखै छैन । सदस्यलाई अन्य वित्तीय संस्थाले जस्तै सहकारीले पनि सेवा दिनु पर्छ, त्यसकालागि अहिले मोबाइल बैङ्किङ एटिएमजस्ता प्राविधिक सेवा आवश्यक छ ।
Leave a comment