समृद्धि आवास विशिष्टीकृत सहकारी सङ्घ पहिलो पटक सहकारी विभागमा दर्ता भएको छ । सहकारी ऐन २०७४ ले विशिष्टीकृत सहकारी सङ्घमार्फत विभिन्न क्षेत्रमा सहकारीलाई काम गर्ने अवसर दिएसँगै सहकारीहरू वैधानिक रुपमै घरजग्गा कारोबारमा लागेका हुन् । ऐनले विशिष्टीकृत सङ्घमा लगानी गर्ने व्यवस्था गरेकाले बचत तथा ऋण सहकारी पनि आवास क्षेत्रमा लागेको बाग्मती बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष उद्धव सापकोटाले बताए ।
काठमाडौँ । आवास क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएका विशिष्टीकृत सहकारी सङ्घमा लगानी गर्ने विषयमा नेफ्स्कूनले आपत्ती जनाए पछि अगुवाहरूले नेफ्स्कूनको हस्तक्षेप नस्विकार्ने बताएका छन् । उनीहरूले अक्कुको दबाबले नेपालमा काम नगर्ने बताए । नेपालको कानुनभन्दा माथि कसैले पनि निर्देशन जारी गर्न नमिल्ने उनीहरूको भनाइ छ ।
आवास विशिष्टीकृत सङ्घमा शतप्रतिशत बचत सहकारी आबद्ध छन् । सङ्घका अध्यक्ष प्रदीप थापाले नेफ्स्कूनले सहकारी अभियानमा आँच आउने काम गरेको भन्दै ऐन, कानुनभन्दा माथि उठेर निर्देशन जारी गर्नु उचित नभएको बताए । उनले भने, ‘आफ्ना सदस्यलाई नियन्त्रण गर्न खोज्नु स्वीकार्य छैन ।’
विशिष्टीकृतको अवधारणा नेफ्स्कून, जिल्ला सङ्घ, प्रदेश सङ्घको सेयर लिएजस्तै भएकाले नेफ्स्कूनले विशिष्टीकृत सङ्घमा लगानी हस्तक्षेप गर्न नमिल्ने बताए । ‘सहकारी विभाग र प्रदेश सहकारी विभागले नियमन गर्न सक्छन्’ उनले भने,‘नेफ्स्कून ऐन, कानुनभन्दा माथि छैन ।’ अध्यक्ष थापाले स्मार्ट सिटी, सहकारी कोलोनी बनाउने उद्देश्यले विशिष्टीकृत सङ्घ दर्ता गरिएको बताए ।
ऐनको दफा ९ मा विशिष्टीकृत सङ्घ गठन गरी सहकारीले जलविद्युत आयोजना, रासायनिक मल कारखाना, आवासीय परियोजना, यातायात, भारी कृषि उपकरण, फलफूल प्रशोधन, जडीबुटी प्रशोधन, चिनी उद्योग, शीत भण्डार, अस्पताल, शिक्षालय, प्राविधिक शिक्षालय, प्रयोगशाला जस्ता ठुला लगानी चाहिने उत्पादन कार्य गर्न वा सदस्यका साझा आवश्यकताका वस्तु र सेवाको परिपूर्ति गर्न विशिष्टीकृत सङ्घको व्यवस्था छ ।
समृद्धि आवास विशिष्टीकृत सहकारी सङ्घ पहिलो पटक सहकारी विभागमा दर्ता भएको छ । सहकारी ऐन २०७४ ले विशिष्टीकृत सहकारी सङ्घमार्फत विभिन्न क्षेत्रमा सहकारीलाई काम गर्ने अवसर दिएसँगै सहकारीहरू वैधानिक रुपमै घरजग्गा कारोबारमा लागेका हुन् । ऐनले विशिष्टीकृत सङ्घमा लगानी गर्ने व्यवस्था गरेकाले बचत तथा ऋण सहकारी पनि आवास क्षेत्रमा लागेको बाग्मती बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष उद्धव सापकोटाले बताए ।
‘०.५ प्रतिशत जोखिम व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’ उनले भने, ‘यसले सहकारीको विकासमा असर गर्छ ।’ समृद्धि आवास विशिष्टीकृत सङ्घको उपाध्यक्षसमेत रहेका सापकोटाका अनुसार नेफ्स्कूनले जारी गरेको निर्देशन अनुसार मापदण्ड पुर्याउन चुनौतीपूर्ण छ ।
घरजग्गा कारोबारमा लगानी गरेका कारण कतिपय सहकारीहरू टाट पल्टिएका छन् । तर पनि सहकारीको रोजाइ घरजग्गा कारोबार नै बन्न पुगेको छ । त्यसो त घरजग्गा कारोबार गर्ने उद्देश्यले सहकारीहरू मिली विशिष्टीकृत सहकारी सङ्घसमेत स्थापना हुन थालेका छन् । विभिन्न कारण देखाउँदै नेफ्स्कूनले बचत तथा ऋण सहकारीलाई विशिष्टीकृत सहकारी सङ्घको नाममा जथाभाबी लगानी नगर्न निर्देशन जारी गरेको छ ।
Leave a comment