याे वर्ष सहकारी दिवसको थिम ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’

याे वर्ष सहकारी दिवसको थिम ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ :: Sahakari Akhabar

काठमाडौँ । ६४ औँ राष्ट्रिय सहकारी दिवसको थिम ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ तय गरिएको छ । राष्ट्रिय सहकारी महासङ्घले शुक्रवार नारा तय गरेको हो । नेपालमा सहकारी स्थापना भएको दिन चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । २०१३ चैत्र २० गते बखान सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष चैत्र २० गते दिवस मनाउने गरिएको छ ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारीलाई प्रविधिमैत्री बनाएर व्यवसायसँग जोड्न यो नारा तय गरिएको बताए । ‘थिम कार्यान्वयन गर्न गाइडलाइन तयार पारी काम गर्ने छौँ’ उनले भने । सहकारीलाई प्रविधिमा जोडेर सहकारीमार्फत व्यवसाय बढाउन महासङ्घले गृहकार्य गर्ने छ ।

सहकारी प्रविधिमैत्री अहिलेको आवश्यकता हो’ उनले भने, ‘संस्था सुशासन, मर्यादित भएर डिजिटाइजमा जानैपर्छ ।’ देशभर करिब ३० हजार सहकारी छन् । सहकारीमा प्रविधि प्रयोग कम छ । अधिकांश सहकारी बचत तथा ऋणमा मात्रै केन्द्रित भएका छन् । प्रविधि आत्मा सात गर्दै व्यवसायमा सहकारीको भूमिका बढाउन महासले यस वर्षको थिम ल्याएको हो ।

महासङ्घले हरेक वर्ष थिम बनाएर त्यसतर्फ फोकस गर्न खोजेको छ । गत वर्ष मर्यादित श्रम र पर्यटनका लागि सहकारी तय गरिएको थियो । गत वर्ष कोरोनाका कारण सहकारकर्मीले दिवस प्रभावकारी रुपमा मनाउन पाएका थिएनन् ।

महासङ्घले हरेक वर्ष थिम तय गरे पनि थिम अनुसार योजना बनाएर काम गरेको देखिँदैन । तर अब योजना बनाएर थिमभित्र केके गर्ने भन्ने विषयमा कार्यपालिका बनाएर अघि बढ्ने गृहकार्य भएको अध्यक्ष कँडेलले बताए ।



Leave a comment