बाख्रा र मौरी पाल्न सिकाउँदैँ सिम्रिक साकोस

३२ हजार सदस्यलाई उद्यमी बनाउने संस्थाको उद्देश्य

बाख्रा र मौरी पाल्न सिकाउँदैँ सिम्रिक साकोस :: Sahakari Akhabar

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई बाख्रा तथा मौरीपालन गर्न सिकाउन थालेको छ ।  संस्थाको कार्यक्षेत्रका सबै सेवा केन्द्रबाट छानिएर आएका तीन–तीनजना शेयर सदस्यलाई व्यावसायिक बाख्रा र मौरीपालन गर्न सिकाएको हो । 

उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिम सिकाएर सदस्यलाई व्यावसायिक बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।   संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले तालिमले बाख्रापालन वा मौरीपालन व्यवसाय गर्न आत्मविश्वास बढ्ने बताए।

सिम्रिकले सबै ३२ हजार सदस्यलाई व्यवसायी तथा उद्यमी बनाउन पहल थालेको छ । विशेषगरी कृषि तथा पशुपालनकै माध्यमबाट आर्थिक अवस्थामा सुधार गर्न सकिने भएकाले त्यसतर्फ फोकस गरिएको उनको भनाइ छ । 

बोयर बाख्रापालन फर्म हल्दिबारी १ गोलधापका सञ्चालक गणेश पराजुलीले बाख्राको खोर ब्यवस्थापन कसरी गर्ने, गुणस्तरीय दानाको उत्पादन, व्यवस्थापन तथा खुवाउने तरिकाबारे जानकारी गराउनुका प्रगति बोयर फर्मको स्थलगत अवलोकन गराएका थिए । 
 



Leave a comment