सहकारी मार्फत ११ करोड लागतमा रबर खेती

सहकारी मार्फत ११ करोड लागतमा रबर खेती :: Sahakari Akhabar

काठमाडौँ । प्रदेश १ का सहकारीले तीन  वर्षदेखि रबर उत्पादन गर्न थालेका छन् । उक्त खेतीबाट दैनिक १ सय ४० लिटर रबर दूध (चोप) उत्पादन हुन थालेको छ । प्रदेश १ का २९ वटा सहकारीले १२ बिगा जग्गामा रबर खेती सुरु गरेका छन् । ११ करोड लागतमा रबर खेती सुरु गरिएको विशिष्टीकृत सहकारी सङ्घका अध्यक्ष नारायण भट्टराईले बताए ।

सङ्घमार्फत बहुउद्देश्यीय र कृषि सहकारी संस्थाले आठ सय बिरुवाबाट रबरको दूध निकाल्ने काम सुरु गरेको सङ्घका अध्यक्ष भट्टराईले बताए । पछिल्लो समयमा कृषि र पर्यटनमा काम गर्ने उद्देश्यले विशिष्टीकृत सङ्घ स्थापना गरिएको हो । रबरसँगै एभोकाडोलगायतको बिरुवा रोपिएका छन् ।

पाथीभरा याग्रो बिस्टीकृत सहकारी सङ्घमार्फत रबर खेतीलाई टुरिजमका रूपमा विकास गर्न लागिएको उनले बताए । लगातार ३० वर्षसम्म उत्पादन दिने र त्यसपछि फर्निचर बनाउन सकिने बिरुवा रोपिएको छ । चोप प्रशोधन नगरी ५० र प्रशोधन गरेर लाफ्रा बनाएर १ सय ८५ देखि १ सय ९० रुपैयाँसम्म बिक्री हुन्छ । उद्योगहरूले प्रशोधन नगरेको दूध नै किन्न रुचाउने गरेका छन् ।

झापाको बुधबारे, शनिश्चरेमा रबर खेती हुन्छ । ‘रबर खेतीका लागि झापा उर्वर भूमि मानिन्छ’ उनले भने,‘ अझै व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने लागेर हामीले सङ्घमार्फत उत्पादन लिन थालेका हौँ ।’ उत्पादन नदिएको खोलाको बगर उपयोग गरेर रबर खेती गरिएको हो । सुरुमा प्रति बिगा साढे तीन लाखमा खरिद गरिए पनि अहिले प्रति कठ्ठा ५ लाख पर्छ । दमक–३ मा खोलाको बगरमा रबर खेती गर्न थालिएपछि कटान पनि रोकिएको छ 

२०६४ मा अन्तर संस्था बहुउद्देश्यीय कृषि उद्योगमार्फत रबर खेती सुरु गरिएको थियो । सहकारी ऐन २०७४ आएपछि २९ वटा सहकारीहरू मिलेर विशिष्टीकृत सहकारी सङ्घमार्फत रबर खेती लगायत पर्यटनको काम गर्न लागिएको अध्यक्ष भण्डारीले बताए ।

सहकारी ऐनले कम्पनीमा लगानी गर्न बन्देज लगाएपछि विशिष्टीकृत सङ्घ मार्फत व्यावसायिक काम गर्ने अवसर आएको हो । सङ्घमा रूपान्तरण गरी पाथीभरा याग्रो टुरिजम विशिष्टीकृत सङ्घमार्फत रबर खेतीसँगै टुरिजम ब्यावसाय गर्न लागिएको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत सरकारले झापालाई रबर जोन घोषणा गरेको छ ।

बुधबारे, शनिश्चरेमा रबर खेती हुन्छ । ‘रबर खेतीका लागि झापा उर्वर भूमि मानिन्छ’ उनले भने,‘ अझै व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने लागेर हामीले सङ्घमार्फत उत्पादन लिन थालेका हौँ ।’ उत्पादन नदिएको खोलाको बगर उपयोग गरेर रबर खेती गरिएको हो । सुरुमा प्रति बिगा साढे तीन लाखमा खरिद गरिए पनि अहिले प्रति कठ्ठा ५ लाख पर्छ । दमक–३ मा खोलाको बगरमा रबर खेती गर्न थालिएपछि कटान पनि रोकिएको छ ।



Leave a comment