सहकारी विभागको रजिष्ट्रारमा लिला शर्मा

सहकारी विभागको रजिष्ट्रारमा लिला शर्मा :: Sahakari Akhabar

काठमाडौं । सहकारी विभागका रजिष्ट्रारको जिम्मेवारी लिलाप्रसाद शर्मालाई दिइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शर्मालाई सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी दिएको हो । शर्माले फागुन २६ गते बुधबार विभागको जिम्मेवारी सम्हाल्ने छन् ।

शर्मा यसअघि भूमि सम्बन्धी समस्या समाधान आयोगको सचिवको जिम्मेवारीमा रहेका थिए । रजिष्ट्रार डा.टोकराज पाण्डेलाई सरकारले रक्षा मन्त्रालयमा सरुवा गरेपछि शर्मालाई विभागको जिम्मेवारी दिइएको हो । बुधबार नै पाण्डेको बिदाइ तथा शर्माको स्वागत कार्यक्रम रहेको विभागले जनाएको छ ।  पाण्डेले २०७५ फागुन २९ गते विभागको जिम्मेवारी सम्हालेको थिए । 
 



Leave a comment