सहकारीमा महिला : सदस्यता र  रोजगारीमा आकर्षण बढ्दै

आज १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

सहकारीमा महिला : सदस्यता र  रोजगारीमा आकर्षण बढ्दै :: Sahakari Akhabar

सहकारी विभागले केही समयअघि सहकारी क्षेत्रको तथ्यांकबारे अध्ययन गरेको थियो । उक्त अध्ययनले महिला रोजगारी बढेको देखाएपनि वास्तविक तथ्यांक भने बाहिर आउन सकेको छैन ।

काठमाडौं ।  आज १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । धुमाधामका साथ देशभर विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा सहकारीहरुले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् । समान कामको समान ज्याला, मतदानमा महिलाको अधिकारका साथ अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको थियो ।

राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष एवम् अन्र्राष्ट्रिय सहकारी महासंघ ग्लोबल मेम्मर ओमदेवी मल्लले सहकारी क्षेत्रमा महिलाको सहभागिता मात्रै नभई नेतृत्व तहमा महिला सहभागिता बढ्दै गएको बताइन् । सहकारी क्षेत्रमा रोजगारी गर्ने महिलाको पनि आकर्षण बढ्दै गएकाले सहकारीमा करियर रहेको उनले बताइन् ।

पछिल्लो समयमा सहकारी क्षेत्रमा महिलाको आकर्षण बढ्दै गएको देखिएपनि प्रयाप्त छैन । सहकारीमा सस्तोमा श्रम गर्नुपरेका कारण कतिपय युवा सहकारीमा आकर्षित हुन सकेका छैननन् । तर सहकारी क्षेत्रमै करिअर बनाउने युवाको जमात बढ्दो क्रममा रहेको पाइएको छ ।

सहकारी विभागका अनुसार सहकारीले ८८ हजार ३ सय ९ जनालाई रोजगारी दिएका छन् । त्यसमध्ये करिब आधा हिस्सा महिलाको छ । बचत संकलनदेखि व्यवस्थापनसम्म महिलाले रोजगारी पाएका छन् ।

थेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक रमिता महर्जनले सहकारी क्षेत्रमा सेवासुविधा आकर्षक नभएको बताइन् । ‘सेवासुविधा आकर्षक नहुँदा केही समय अनुभव लिने र बैंक तथा वित्तीय क्षेत्रमा जाने क्रम बढ्दो छ ।’ उनले भनिन् । 

कलेज अध्ययन गर्र्दै गरेको र वित्तीय क्षेत्रमा अनुभव लिने महिलाहरुले सहकारीमा रोजगारी पाएका छन् । कतिपय सहकारीमा पुरुषभन्दा महिला कर्मचारी बढी देखिन्छन् ।

त्यसो त सहकारी विभागले केही समयअघि सहकारी क्षेत्रको तथ्यांकबारे अध्ययन गरेको थियो । उक्त अध्ययनले महिला रोजगारी बढेको देखाएपनि वास्तविक तथ्यांक भने बाहिर आउन सकेको छैन ।

सहकारीले प्रदेश १ मा २० हजार ६ सय ८५, प्रदेश २मा १० हजार ८ सय ४३, बागमती प्रदेश ३३ हजार ८ सय ९२, गण्डकी प्रदेशमा ७ हजार ६ सय ३८, लुम्बिनी प्रदेश ६ हजार ९ सय ८९, कर्णाली प्रदेश ४ हजार ५ सय ३४ र सुदुरपश्चिम प्रदेश २ हजार ८ सय १५ जनाले  रोजगारी पाएका छन् ।

विभागका अनुसार रोजगारीमा संलग्न हुने महिला पुरुषको तुलनामा कम छैनन् । तर सहभागिता भने महिलाको नै बढी छ।  विभागको अध्ययन अनुसार सहकारीमा आवद्ध सदस्य मध्ये महिला सदस्य १२ प्रतिशतले बढी देखएको छ । कूल सदस्य मध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत छन् ।

प्रदेश १ मा ९ लाख ३५ हजार ७ सय जना सदस्यमध्ये  ५ लाख २ सय ४९ र पुरुष ४ लाख ३५ हजार ४ सय ५२ जना महिला छन् ।  प्रदेश २ मा  ५ लाख ५५ हजार १ सय ९७ जना सदस्यमध्ये २ लाख ५२ हजार १ सय १२ महिला छन् ।

बागमती प्रदेशमा २७ लाख १७ हजार ४ सय ६९ जना सदस्यमध्ये १४ लाख ५७ हजार २ सय २ महिला सहभागी भएका छन् ।  गण्डकी प्रदेश ११ लाख १६ हजार ६ सय ३२ जना सदस्य मध्ये ६ लाख ४२ हजार १ सय ३० जना महिला छन् ।

लुम्बिनी प्रदेशमा ८ लाख ९८ हजार ६ सय ११ जना सदस्यमध्ये महिला ५ लाख ७६ हजार ३ सय १२ जना महिला छन् ।  कर्णाली प्रदेशमा ४ लाख ४ हजार ९ सय ५६ जनामा २ लाख ७२ हजार ३३ जना महिला सहभागिता छ । सुदुरपश्चिम ५ लाख ४२ हजार ९ सय ८९  सदस्यमा महिलाको संख्या ३ लाख १९ हजार १०० जना पुगेको छ ।



Leave a comment