सहकारीलाई प्रविधिमैत्री बनाइने

सहकारीलाई प्रविधिमैत्री बनाइने :: Sahakari Akhabar

कैलाली । सहकारीलाई प्रविधिमैत्री बनाइने भएको छ । सहकारी क्षेत्रमा प्रविधिको प्रयोग कम भएको भन्दै सहकारीकै अभियान्ताहरु सहकारीमा प्रविधि भित्र्याउन लागिपरेका छन् । 

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले हब कोपरेटिभ सर्भिसमार्फत सहकारीलाई प्रविधिमैत्री बनाउन लागिपरेको जनाएका छन् । सहकारीलाई प्रविधिमैत्री सेवा दिन हब कोअपरेटिभले देशव्यापीरुपमा अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । 

सरकारी निकायबाट स्वीकृति नलिनइसकेको भएपनि हबले प्रविधि प्रयोगमा सहकारीलाई जागरुक बनाउन लागिपरेको छ । हबले शनिबार कैलालीमा सहकारीमा डिजिटल प्रविधि विषयक अभिमूखिकरण कार्यक्रम आयोजना गरेको छ । 

हब कोअपरेटिभ सर्भिसका अध्यक्ष समेत रहेका पौडेलले सहकारीलाई सम्पूर्ण डिजिटल सेवा दिन हब सहकारी ल्याएको बताए । हब कोपरेटिभका सचिव राजेन्द्र पौडेलले भुक्तानी तथा फछ्र्यौट, आन्तरिक तथा अन्तर्राष्ट्रिय विप्रेषण सेवा, सहकारीको लेखा प्रणाली, भुक्तानी सेवा लगायतका विद्युतीय कारोबार गर्नेगरी हब कोअपरेटिभ ल्याउन लागेको बताए । एउटा सहकारीको चेक अर्को सहकारीबाट भुक्तानी गर्न मिल्नेगरी कारोबार गर्न लागेको उनले बताए । 

हब कोपरेटिभ सर्भिसका मेनेजमेन्ट टिम लिडर शिव जी सापकोटाले प्रविधि सेवा प्रदायक निकायसँगको समन्वयमा सहकारीको वित्तीय कारोबारलाई प्रविधिमा आधारित बनाउन लागिएकोे बताए । 
 



Leave a comment