काठमाडौं । सांसद महेश बस्नेतले सहकारीमार्फत आर्र्थिक संमृद्वि ल्याउन सकिने बताएका छन् । गाम्चा बचत तथा ऋण सहकारी संस्थाले नवनिर्मित बहुआयामिक भवनको उद्घाटन गर्दै सांसद बस्नेतले सहकारीले सदस्यको हित गर्दै आर्थिक विकासमा टेवा पु¥याउनुपर्ने बताए ।
बस्नेतले गाम्चा सहकारी सदस्यहरुको छहारीको रुपमा विकास हुँदै गएकोमा खुसी व्यक्त गरे । सदस्यलाई आफ्नै भवनबाट सेवा प्रदान गर्नुले संस्था प्रगतिको पथमा अगाडि बढेको बुझ्न सकिने उनको भनाइ थियो ।
सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले सहकारीले उद्यमशीलतामा जोड दिनुपर्ने बताए । समुदायप्रति उत्तरदायी भएर सदस्यहो हितमा सहकारी लाग्नुपर्ने उनको भनाइ छ । ‘नगरपालिकाले सहकारीलाई काम गर्न कुनै अंकुश लगाउँदैन’,उनले भने,‘तर सदस्यको बचतलाई जथाभाथी गर्न कसैलाई छुट दिइन्न ।’ सहकारी संस्थाको आवश्यक ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ । नगरपालिका भित्र १२६ वटा सहकारी छन् ।
राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता तिमल्सिना भटराईले पुँजी निर्माण, नेतृत्व विकास र महिला सशक्तिकरणमा सहकारीले उल्लेख्य भूमिका खेलेको बताइन् ।
नेफ्स्कुनकी सञ्चालक मन्दरा मिश्रले उद्यमशीलताको विकासमा सहकारीले ध्यान दिनुपर्ने बताइन् । गाम्चा सहकारीले धेरै महिलाहरुलाई समेटेको भन्दै उनीहरुको आर्थिक स्तर वृद्धि गरी सबल बनाउन क्रियाशील हुन आग्रह गरिन् ।
संस्थाका विकास खड्काले सुरुका दिनमा सामुदायिक भवनको सानो कोठाबाट कार्यालय शुरु गरेको स्मरणत गर्दै अहिले भवन निर्माण गर्न सकेकोमा खुसी व्यक्त गरे । वर्षातको समयमा संस्था डुबानमा समेत परेको स्मरण गर्दै उनले सदस्यको विश्वास र साथ सहयोगको कारण एकीकृत वित्तीय सेवा प्रदान गर्न बहुआयामिक भवन निर्माण गर्न सकिएको बताए ।
संस्थाका सचिव विदुर खड्काले सदस्यहरुको आर्थिक तथा सामाजिक स्तरोन्नति गर्न संस्थाले विभिन्न बचत ऋणका साथै अन्य कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको बताए ।
Leave a comment