जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जामा नयाँ नेतृत्व

जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जामा नयाँ नेतृत्व :: Sahakari Akhabar

  स्याङ्जा  ।         जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड स्याङ्जाको आठौ वार्षिक साधारणसभाले रविन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 
समितिको उपाध्यक्षमा यज्ञप्रसाद पाठक, सचिवमा अच्यूत प्रसाद पोखरेल, कोषाध्यक्षमा लेख बहादुर केसी सर्वसम्मत चयन भएका छन् ।

         समितिका सदस्यहरुमा यादवराज शर्मा, अमृत नेपाली थापा, तारा केसी अर्याल, अर्जुन सुवेदी र नारायणसिंह थापा चयन भएका छन् ।      लेखा समितिको संयोजकमा मुक्तिराम पाण्डे तथा सदस्यहरुमा नवराज शर्मा र कृष्ण डुम्रे सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक अनन्त कुमार श्रेष्ठले जानकारी दिए ।     

       नवनिर्वाचित सञ्चालक र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले शुक्रवार सपथ ग्रहण गराए ।     
     साधारणसभाको  उद्घाटन अवसरमा बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीमार्फत आर्थिक रुपान्तरण गर्न आवश्यक भएको बताए । 
 



Leave a comment