काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) का कारण धेरै क्षेत्र प्रभावित भएका छन् । कोभिडको प्रभाव सहकारी क्षेत्रमा पनि परेको छ । सामूहिक बचत तथा ऋण सहकारीले अर्धवार्षिक समीक्षा गरी कोडिभका कारण लक्ष्य भेट्टाउन नसकेको जनाएको छ ।
संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले लक्ष्य अनुसारको प्रगति हासिल हुन नसक्नुका पछाडि विश्वमा फैलिएको महामारी प्रमूख कारण रहेको बताए । ‘लक्ष्य हासिल गर्नका लागि कर्मचारीहरुबाट कडा परिश्रमको आवश्यक छ’ उनले भने।
संस्थाका व्यवस्थापक कविन्द्र धौबन्जारले संस्थाको प्रगति र अबको दिनका लागि योजनासहित प्रस्तुतिकरण गरे । कार्यक्रममा संस्थाका व्यवस्थापक कविन्द्र धौबन्जारले संस्थाको प्रगति र अबको दिनकालागि योजना सहित प्रस्तुतिकरण गरेका थिए ।
संस्थापक अध्यक्ष श्यामप्रसाद मुनंकमी र सल्लाहकार मानिकबाबु ग्वँगले सेवा केन्द्र बलियो हुन सके मात्र सिंगो संस्था बलियो हुने उनको भनाइ थियो सहकारी, समन्वय र सहभागितालाई आत्मसात गर्दै जानुपर्नेमा जोड दिए ।
Leave a comment