पर्सा । जिल्ला सहकारी संघ, पर्सामा नयाँ नेतृत्व चयन भएको छ । राजेश पण्डित कुम्हारको नेतृत्वमा नयाँ ११ सदस्यीय कार्यसमिति चयन भएको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा असगर अलि अन्सारी, उपाध्यक्षमा राकेश यादब विजयी भएका छन् । संघको महासचिवमा जिष्णु बराल, सचिबमा प्रभावकर गुप्ता र कोषाध्यक्षमा नगनारायण सिंह निर्वाचित भएका छन्।
समितिको सदस्यमा भगवती शर्मा, अरुण कुमार साह, गिरीराज कडेल, कुन्दन प्रसाद, विजय कुमार गुप्ता निर्वाचित भएका छन् ।
संघको लेखा समिति संयोजकमा राजेन्द्र प्रसाद जयसवाल निरविरोध निर्वाचित भएका छन् । सदस्यमा हृदयनारायण साह र मनोज गुप्ता निर्वाचित भए ।
Leave a comment