काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । सरकारले पाण्डेसहित ३१ सहसचिवको सरुवा गरेको हो ।
पाण्डे सहकारी विभागमा २ वर्षअघि भित्रिएका थिए । डा.पाण्डे विभागमा भित्रिएदेखि सहकारी क्षेत्रको सुधारमा क्रियाशील देखिएका थिए ।
पाण्डेको नेतृत्वमा पछिल्लो समयमा देशभरका सहकारीको एकीकृत तथ्यांक निकालिएको छ । २०७३/७४ देखि सहकारीको तथ्यांक अपडेट हुन नसकिरहेको अवस्थामा रजिष्ट्रार पाण्डेले विभागका कर्मचारीलाई सात वटा समूह बनाएर प्रदेशस्तरका पालिकाको तथ्यांक संकलन गराएका थिए ।
सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ अनुसार सहकारीका कार्यविधि निर्माणाीधन क्रममा छन् । पाण्डेले बचत तथा ऋण सहकारी नियमन निर्देशिका, सहकारी प्रवद्र्वन कोष कार्यविधिलगायत निर्माण भएका छन् । केही कार्यविधिको ड्राफ्ट गरिएपनि पूर्णता पाउन सकेका छैनन् ।
रजिष्ट्रार पाण्डे यसअघि काठमाडौं महानगरपालिका र यातायात व्यवस्था विभागमा रहेर कार्य सम्पादन गरेका थिए । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ऋषि तिवारीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरेको छ ।संभवतः तिवारीलाई नै सहकारी विभागको जिम्मेवारीमा पठाइने संभावना देखिएको छ ।
Leave a comment