‘यो इलामको केस मात्र नभई देशकै इसु हो उनले भने ।’ उनले जागिर खाएको हिमाल बचत तथा ऋण सहकारी पनि केही समय अगाडी स्थानीय जुनतारा बचत तथा ऋण सहकारी संस्था र प्रकृति कृषि सहकारी संस्था मर्ज भएर बनेको संस्था हो । सरकारले एकै प्रकृतिका र उद्धेश्य मिल्ने सहकारी बिच मात्र एकिकरण गर्न मिल्ने कानुन प्रावधान राखे पनि उक्त संस्थाहरु मन्त्रिस्तरिय निणर्यबाटै एकिकरण गराएको उनले स्विकारेका छन् ।
इलाम । सहकारी ऐन ०७४ जारी भएको ३ वर्ष पूरा भएपनि कार्यान्वयनको पाटो फितलो देखिएको छ । ऐन कार्यान्वयनकालागि दिइएको समयसीमा सकिएपनि सहकारीमा ऐन मिच्ने वा कार्यान्वयन नगर्ने प्रवृति जस्ताको त्यस्तै छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ इलामका अध्यक्ष लिलाप्रसाद थापा क्षेत्री यस्तै परिपाटीका उदाहरण हुन् । उनी जिल्लाको हिमाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख हुन् । उनले यसै संस्थाबाट प्रतिनिधित्व गरेर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्ष बनेका छन् भने जिल्ला सहकारी संघ इलामको पनि उपाध्यक्ष बनेका छन् ।
सहकारी ऐन २०७४ अनुसार प्रारम्भीक सहकारीका संचालक सदस्य मात्रै विषयगत जिल्ला संघको नेतृत्वमा जान पाइन्छ । ऐनले कुनै एक ब्यक्ती एकै समयमा एक मात्र सहकारी संघसंस्थाको संचालक बन्न सक्ने ब्यवस्था गरेको छ । ऐन प्रारम्भ हुनु अघि त्यस्तो रहेको भए, एक वर्ष भित्र कुनै एक पद छोडीसक्नु पर्ने ब्यवस्था गरेको छ । तर उनले हिमाल सहकारीको कर्मचारी भएकै बेला कानुन विपरित दोहोरो पद ओगटेको देखिन्छ ।
हिमालको कार्यकारी प्रमुख रहेका थापा हिमालकै प्रतिनिधि भएर एकैचोटी जिल्ला बचत संघ र जिल्ला सहकारी संघको नेतृत्वमा पुगेका हुन् । प्रारम्भीक सहकारीबाट बचत संघ हुँदै जिल्ला संघको नेतृत्वमा उनी रहिरहेका छन् । कर्मचारी जिल्ला संघको नेतृत्वमा पुग्न नमिल्ने कानुनी प्रावधान छ नी भन्ने पत्रकारको जिज्ञासामा थापाले सहकारी अभियानसँग जोडिने विषय यस्तै यस्तै रहेको बताए ।
‘यो इलामको केस मात्र नभई देशकै इसु हो उनले भने ।’ उनले जागिर खाएको हिमाल बचत तथा ऋण सहकारी पनि केही समय अगाडी स्थानीय जुनतारा बचत तथा ऋण सहकारी संस्था र प्रकृति कृषि सहकारी संस्था मर्ज भएर बनेको संस्था हो । सरकारले एकै प्रकृतिका र उद्धेश्य मिल्ने सहकारी बिच मात्र एकिकरण गर्न मिल्ने कानुन प्रावधान राखे पनि उक्त संस्थाहरु मन्त्रिस्तरिय निणर्यबाटै एकिकरण गराएको उनले स्विकारेका छन् ।
हाल २ हजार ५ सय ५१ जना सदस्य रहेको संस्थाको लगानीमा बजारमा सूपथ मूल्य पसल संचालनमा रहेको छ । पसलमा स्थानीय उत्पादन र सदस्यको उत्पादनलाई प्राथमिकता नदिएको विषयमा पत्रकारको जिज्ञासामा थापा भन्छन् संस्थाका सदस्यको ब्यवसाय नभएको र कसैले पसलमा सामान ल्याइहालेपनि सुरक्षित राख्न समस्या रहेको साथै उचित मूल्य दिन नसकेकोले सदस्यको उत्पादनले प्राथमिता पाएको छैन ।
कार्यकारी प्रमुख थापाले सुपथ सहकारी पसलबाट अत्यावश्यक वस्तुहरु सुपथ मूल्यमा बिक्री गर्ने गरेको बताए । मर्ज अघि कृषिको मात्रै पसल भएपनि पछिल्लो समयमा सहकारीले सबै किसिमका खाद्यवस्तु बिक्री गर्दै आएको बताए । पसलमा स्थानीय उत्पादन भन्दा विदेशी उत्पादनको बाहुल्यता बढी छ । इलामका सहकारी उत्पादनमा केन्द्रित भएपनि ती सहकारीका उत्पादन भन्दा पसलबाट भारत लगायत देशमा उत्पादन भएका खाद्य वस्तु बिक्री गर्दै आएको छ । संस्थाले पसलमा १ करोड लगानी गर्ने सोच बनाएको व्यवस्थापक थापाले बताए ।
इलाममा भएका ५२ वटा बचत तथा ऋण सहकारी मध्ये ४१ वटा संघमा आबद्व छन् । जिल्लाभर कृषि, दूग्ध, चियालगायतका ५५० सहकारी रहेपनि ५ सय २४ सहकारी सक्रिय छन् उनले भने । ५ सय ५० सहकारीमध्ये जिल्ला संघमा २ सय १७ सहकारी आबद्व छन् । ७५ हजार व्यक्ति सहकारीमा आबद्व भएका र इलामका सहकारीमा पुँजीगत कमजोर देखिए पनि उत्पादनमा अगाडि रहेको उनको भनाई छ ।
Leave a comment