सहकारी अखवारको एक वर्ष

प्रकाशकीय

सहकारी अखवारको एक वर्ष :: Sahakari Akhabar

सहकारी अखवार डटकमले आजबाट पहिलो वर्ष पुरा गरेको छ । मितिले भन्दा पनि तिथीले वर्षदिनलाई मैजारो मारेको सहकारी अखवार डटकम गत वर्ष माघ महिनामा परेको श्रीपञ्मीका दिनबाट सुरु भएको थियो ।

विगत एक दशकदेखि वर्तमान सहकारी मासिक प्रकाशन गरेर ब्यवसायीक रुपमा सहकारी पत्रकारिताको सुरुवात गरेका हामीले सहकारी समाचार प्रति आम पाठकको  रुचीलाई ध्यानमा राखेर डिजिटल पत्रिका सहकारी अखवार डटकम सुरु गरेको पनि एक वर्षको अवधि पूरा गर्दा सहकारी पत्रकारीताको धीतै मरेको छैन । यो सवै तपाई पाठकहरुको अभिरुचिको देन हो, अनि हो हाम्रो कर्तव्य ।

यस अवधिमा हाम्रो सबैभन्दा ठूलो प्राप्ति भनेको तपाईंको अगाध माया र सद्भाव नै हो । जसका कारण हामीले सहकारी पत्रकारितालाई समय सापेक्ष परिवर्तन गरेर ब्यवसायीकता तर्फ अघि बढाउन सकेका छौं । हामीले पस्केका सामाग्रीहरुका बारेमा यहाँका सल्लाह सुझाव हाम्रालागि अमूल्य गहना हुन् ।

त्यसैले हामी यहाँहरुबाट विगतझैं सुझाव र रचनात्मक सल्लाहको सदैव अपेक्षा गरिरहेकै हुनेछौँ । यो माया र सद्भावलाई बचाएर राख्ने चुनौतीबीच हामी पाठक र शुभेच्छुकसँग प्रतिबद्धता पनि जनाउ छौं । सहकारी समाचारका पाठकहरुलाई निष्पक्षरुपमा सत्य, तथ्य र यथार्थपरक सामाग्री पस्कने हाम्रो प्रयासको बाटो फेरिने छैन, परिस्कृत अवश्य हुनेछ ।

साथै निष्पक्ष र व्यावसायिक सहकारी पत्रकारिता भन्दा हाम्रो अर्को कुनै लक्ष्य र प्रतिवद्धता छैन । सूचना, विचार र बहस सँगसँगै राष्ट्र र समाजलाई दिशानिर्देश गराउन हाम्रो कलम चल्नेछ भन्ने हामी प्रतिवद्धता ब्यक्तगर्न चाहन्छौं । डिजिटल पत्रकारिताका नयाँ आयामको प्रयोगमार्फत हाम्रो यात्रा निरन्तर जारी रहनेछ ।

अन्त्यमा, वितेको वर्षको यो यात्रामा साथ दिनुहुने समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुक तथा सहकारी अखवार टिमप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर साथ सहयोग र सहकार्यको अपेक्षा गर्दछौं ।



Leave a comment