कोपोमिसमार्फत दुईवर्ष भित्र दोहोरो सदस्यता अन्त्य गर्छौ : रजिष्ट्रार पाण्डे 

कोपोमिसमार्फत दुईवर्ष भित्र दोहोरो सदस्यता अन्त्य गर्छौ : रजिष्ट्रार पाण्डे  :: Sahakari Akhabar

 पोखरा : सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले २ वर्ष भित्र सहकारीमा देखिएको दोहोरो सदस्यता अन्त्य गर्नेे दावी गरेका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडले पोखरामा आयोजना गरेको गण्डकी प्रदेश  स्तरीय अन्तरक्रिया, सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै डा. पाण्डेले दोहोरो सदस्यता अन्त्यका लागि कोपिमिस सफ्टवेयरको प्रयोग अनिवार्य भएको बताए । 

सहकारी तथा गरिवी सम्बन्धी तथ्यांक(कोपोमिस)का माध्यमबाट दोहोरो सदस्यता अन्त्य गरिने उनले बताए ।   चालु आर्थिक वर्षमा प्रदेश नं. १ र बागमती प्रदेशका सहकारीहरुको विवरण कोपोमिसमा राख्छौ, भने,अर्को आर्थिक वर्षमा अन्य ५ वटै प्रदेशका सहकारीहरुको विवरण समावेश गरेर दोहोरो सदस्यता अन्त्य गर्छौ ।’

कोपोमिसमा सहकारीको टाडा समावेश गर्नका लागि विभागले नै कर्मचारीको व्यवस्था गरेको र  सबै स्थानीय तहमा ति कर्मचारीहरुमार्फत डाटा समावेश  भइरहेको उनले बताए । सहकारी विभागको अहिलेको पहिलो प्राथमिकता कोपिमिस भएको पाण्डेले दावी गरे ।     

दोहोरो सदस्यता अन्त्यका लागि सहकारी अभियानको सहयोग आवश्यक रहेको भन्दै पाण्डेले कार्यान्वयन नगर्नेहरुलाई कानुनी दायरामा ल्याउने चेतावनी दिए । लाइसेन्स नभएको मानिसले गाडी चलाउदा कुनै न कुनै दिन ट्राफिक प्रहरीले फेला पारेर कार्वाही गरे जस्तै नियम विपरित चलेका सहकारीहरु पनि कानुनी दायरामा आउने उनले बताए ।   

सहकारीहरुले कल्याणकारी राज्यको अवधारणा अनुसार सदस्य केन्द्रीत भएर आफ्नो व्यवसाय अगाडि बढाउन आग्रह गर्दै उनले विशिष्ठिकृत मोडेलमा व्यवसायिक काममा लाग्न सुझाव दिए । 
      
गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार उदय पराजुलीले राज्य र अभियानको सहकार्यमा सहकारीमार्फत समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने गरी काम गर्नु पर्नेमा जोड दिए । 

अन्तरक्रिया कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले सहकारी विकास र सुशासन, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारीको समसामयिक अवस्था र अभियानको भूमिका तथा बैंकका डिजिएम किशोर प्रसाद बिमलीले परफरमेन्स तथा फाइनान्सियल म्यानेजमेण्ट सम्बन्धी विषयमा प्रस्तुतीकरण दिए ।

तीन वटै अवधारणापत्र माथि सहकारीकर्मीहरुले सुझाव राख्दै सहकारी अभियानलाई मुलुकको समृद्धिसँग जोड्नका लागि आवश्यक नीति नियमहरुमा सुधार गरी अगाडि बढ्नु पर्ने बताए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षता र सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।   
 



Leave a comment