कोरोना खोपः लबिङ कमजोर हुँदा सरकारी सुबिधामा सहकारी चुक्यो

कोरोना खोपः लबिङ कमजोर हुँदा सरकारी सुबिधामा सहकारी चुक्यो :: Sahakari Akhabar

सहकारीमा ८८ हजार भन्दा बढी कर्मचारी हुँदा पनि सरकारले खोप लगाउने दिन तोकेको छैन । महासंघको नेतृत्वको पहल नपुगेका कारण सहकारी जहिले पनि सरकारी सेवा सुविधाबाट बञ्चित हुन पुगेको सहकारी कर्मचारीको गुनासो छ । गत चैतमा राष्ट्रिय सहकारी महासंघले मनमोहन अस्पतालमा सहकारीको कोरोना सेन्टर स्थापनाकालागि  २५ लाख सहयोग गरेको भएतापनि कोरोना सेन्टर प्रयोग बिहिन बन्यो । यस सेन्टरबाट नत सहकारीका सदस्यले नत सहकारीकर्मीहरुलेनै सेवा पाए । 

काठमाडौं । सहकारी क्षेत्रको नेतृत्व तह कमजोर हुँदा राज्यको सेवासुबिधाबाट यो क्षेत्र पछाडी परेको छ । कोभिड १९ (कोरोना) कहरमा पनि सरकारी सेवामा पछि परेको सहकारी क्षेत्र पछिल्लो समय कोरोना रोकथामको खोप सुबिधामा पनि सहकारी कर्मचारीको पालो कहिले भन्ने भएको छ ।

सरकारले तेस्रो चरणमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुमा कार्यरत कर्मचारीलाई फागुन २ गतेदेखि कोभिड –१९ विरुद्धको खोप लगाउने तयारी गरेको छ । तर उक्त दिन सहकारी क्षेत्रको कर्मचारीलाई खोप लगाउने पालो छैन । खोप लगाउनेमा सहकारीका कर्मचारीका नाममा पालो नआएपछि नेतृत्वको कमजोरी भएको सरोकारवालाहरुले औल्याएका छन् । सहकारी विभागका अनुसार सहकारीमा ८८ हजार ३ सय ९ जना कर्मचारी छन् । कोरोनाका बेला सहकारीले जोखिम मोलेरै काम गरेका थिए । तर सरकारले सहकारीलाई पास समेत नदिएको भन्दै आन्दोलित भएका थिए ।

सरकारले तेस्रो चरणमा बढी भिडभाड हुने सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय, मालपोत, पालिकाहरुका सबै कार्यालयहरुमा काम गर्ने कर्मचारी, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलाई खोप लगाउने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए । तर उक्त दिन सहकारीका कर्मचारीको पनि व्यवस्था हुनुपर्ने भएपनि त्यसो नहुँदा सहकारीमा काम गर्ने कर्मचारीलाई कहिले खोप लगाउने भन्ने अन्योल छ । 

पहिलो चरणमा स्वास्थ्यकर्र्मी, सरसफाई कर्मचारी जस्ता कोभिड– १९ नियन्त्रण र रोकथामको लागि फ्रन्ट लाइनमा खटिने व्यक्तिहरुलाई र दोस्रो चरणमा पत्रकार तथा संचारकर्मीलाई खोप लगाइएको थियो ।
तेस्रो चरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीलाई खोप लगाउनको लागि सरकारले प्रक्रिया थालेको छ । खोप लगाउनको लागि यो क्षेत्रमा रहेका कर्मचारीको विवरण सरकारले मागेको छ । 

तर राष्ट्रिय सहकारी महासंघसंग सरकारले सहकारीमा काम गर्ने कर्मचारीको विवरण नमागेको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले बताए । उनले भने ‘अहिलेसम्म खोपका विषयमा हामीसंग बिबरण माग गरेको छैन, लबिङ गरेर छिट्टै खोपलगाउने ब्यवस्था गर्छौं ।’ सरकारले तेस्रो चरणमा विकास बैंक, फाइनान्स कम्पनी, बीमा कम्पनीहरु र लघुवित्त वित्तीय संस्थामा, कार्यरत व्यक्तिहरुलाई पनि खोप लगाउनको लागि विवरण मागिसकेको छ ।

सहकारीमा ८८ हजार भन्दा बढी कर्मचारी हुँदा पनि सरकारले खोप लगाउने दिन तोकेको छैन । महासंघको नेतृत्वको पहल नपुगेका कारण सहकारी जहिले पनि सरकारी सेवा सुविधाबाट बञ्चित हुन पुगेको सहकारी कर्मचारीको गुनासो छ । गत चैतमा राष्ट्रिय सहकारी महासंघले मनमोहन अस्पतालमा सहकारीको कोरोना सेन्टर स्थापनाकालागि  २५ लाख सहयोग गरेको भएतापनि कोरोना सेन्टर प्रयोग बिहिन बन्यो । यस सेन्टरबाट नत सहकारीका सदस्यले नत सहकारीकर्मीहरुलेनै सेवा पाए । 



Leave a comment