२०७५ माघ १९ गतेदेखि सुरु भएको परियोजनामा हालसम्म १२ करोड लगानी भइसकेको छ । साढे ९ करोडको भौतिक पूर्वाधार निर्माण भएको उप्रेतीले बताए । आउँदो वर्षसम्म २० करोड लगानी गर्ने योजनाका साथ काम भइएरहेको उनले बताए । दुई वर्षसम्म सञ्चालन खर्च उठाउन नसकेपनि केही वर्षभित्र सञ्चालन खर्च उठाउन सकिने उनको भनाइ छ । ‘किसानलाई अन द जव ट्रेनिङ दिएर काम सिकाउने योजनाका साथ परियोजना थालेका छौं’ उनले भने,‘यहाँबाट किसानले कृषिका नमूना काम सिक्नेछन् ।’
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले मेचीनगर दुलागढीमा कृषि पाठशालाका रुपमा एकीकृत नमूना कृषि फार्म सञ्चालनको सुरुवात गरेको छ । कृषकलाई व्यवसायिक कृषितर्फ आकर्षित गर्नेगरी १६ बिगाह जग्गामा कृषि पाठशाला बनाउन लागिएको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले अध्ययन केन्द्रको रुपमा विकास गर्नेगरी एकीकृत नमूना कृषि फार्म सञ्चालन गर्न लागिएको बताए । २०७५ माघ १९ गतेदेखि सुरु भएको परियोजनामा हालसम्म १२ करोड लगानी भइसकेको छ । साढे ९ करोडको भौतिक पूर्वाधार निर्माण भएको उप्रेतीले बताए ।
आउँदो वर्षसम्म २० करोड लगानी गर्ने योजनाका साथ काम भइएरहेको उनले बताए । दुई वर्षसम्म सञ्चालन खर्च उठाउन नसकेपनि केही वर्षभित्र सञ्चालन खर्च उठाउन सकिने उनको भनाइ छ । ‘किसानलाई अन द जव ट्रेनिङ दिएर काम सिकाउने योजनाका साथ परियोजना थालेका छौं’ उनले भने,‘यहाँबाट किसानले कृषिका नमूना काम सिक्नेछन् ।’
संस्थाले धेरै गाई तथा माछा पालन गरेर व्यवसायिक बन्ने नभई नमूनाका पाठशालाकारुपमा फार्म सञ्चालन गर्न लागिएको उनको भनाइ छ । परियोजनामा विभिन्न बोटबिरुवाका बेर्ना उत्पादन गर्ने, गाईफार्म, विभिन्न किसिमका तरकारी र माछाफार्म सञ्चालन हुने छन् ।प्रमुख कार्यकारी अधिकृत उप्रेतीका अनुसार दिल्ली र राजस्थानबाट १२ वटा उन्नत जातका गाईका बाछी ल्याइएको छ । केही दिनमा १३ वटा आउने अन्तिम तयारीमा छन् ।
संस्थाले पहिलोचोटी ५० वटा गाई पाल्ने योजना बनाएको छ । एक लाख भन्दा बढी मूल्य पर्ने उन्नत जातका बाछी एनएमसी परियोजनाले ल्याएको छ । यी गाईले ४५ लिटरसम्म दूध दिन्छन् । दाना खुवाउँदा गाई पालन गर्न महंगो पर्ने भएकाले संस्थाले घाँस खुवाएर गाई पाल्ने योजना बनाएको छ । साइलेस(घाँसलाई सुकाएर गुन्द्रुक) बनाएर खुवाएपछि दूध पनि बढी आउने र लागत पनि कम पर्ने भएकाले संस्थाले यो वर्ष १० लाख केजी साइसेल उत्पादन गर्ने योजना बनाएको छ । मकै, हरियो घाँस, सिजनको हरियो घाँसबाट साइलेस तयार गरिन्छ ।
अधिकांश नेपाली कृषक दानामा आधारित पशुपालन गर्ने भएकाले लागत बढी पर्ने गरेको छ । एनएमसीले कृषिमा लागत घटाउनेगरी गाईपालन गर्न लागेको उप्रेतीले बताए । संस्थाले करिब २ बिगाह जग्गामा माछापालन सुरु गरिसकेको छ । त्यस्तै विभिन्न प्रकारका सागसब्जी उत्पादन गर्ने संस्थाले योजना अघि सारेको छ । तीनवटा पोखरीमा माछा पालिएको छ । नमूना कृषि परियोजनामा अहिले ३५ जनाले काम गरिरहेका छन् ।
५०० देखि ७०० सम्मले काम पाउनेगरी परियोजना सञ्चालन गरिने प्रमुख कार्यकारी अधिकृत उप्रेतीले बताए । ‘परियोजनामा घण्टाको हिसाबले काम दिने योजनामा छौं’ उनले भने,‘यसबाट किसानले आफूसँग बचेको समयमा यहाँ काम गर्दै सिक्नेछन् ।’ नमूना परियोजनामा ३ जना जेटिए छन् ।
कृषिमा आधुनिक प्रविधि प्रयोग गरी बढी भन्दा बढी किसानलाई लाभ दिने योजनाका साथ परियोजना सञ्चालन गरिएको संस्थाले जनाएको छ । कृषकहरुलाई उत्पादनमा लाग्न प्रेरित गर्ने, अग्र्यानिक कृषि उत्पादनमा जोड दिने, कृषि उत्पादन लागत कम गर्ने उपाय बारे जानकारी गराउने, कष्टम हायरिङ सञ्चालन गर्ने र एनएमसी एग्रो मार्ट मार्फत उत्पादनको बजारीकरण गर्ने योजना संस्थाको छ ।
Leave a comment