काभ्रे । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको केन्द्रीय कार्यालय बनेपामा उद्घघाटन भएको छ । कार्यालयको उद्घाटन र कारोबार शुभारम्भको पहिलो दिननै ७० करोडको कारोबार भएको छ ।
संघको कर्पोरेट कार्यालय काठमाडौं र सम्पर्क कार्यालय मकवानपुरको हेटौडामा रहनेगरी कार्यालय शुभारम्भ गरिएको अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए । सहकारी संघको तदर्थ समिति गठन गर्दा प्रदेशका १ सय १० सहकारीहरु सदस्य भएको बताइएको छ । ती सदस्य संस्थाबाट ७० करोड बचत संकलन भएको अध्यक्ष साकोटाले बताए । उनले ३५ वटा सहकारीलाई सदस्यता दिने निर्णय भईसकेको छ बताए ।
अध्यक्ष सापकोटाले मलुक निर्माणमा सहकारी अभियानको महत्वपूर्ण भूमिका रहेकाले बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले सहकारी सदस्यहरुको क्षमता विकास, समन्वयकारी भूमिका, बचत तथा ऋण परिचालन गरी समृद्ध सहकारी र सहकारीका समृद्ध सदस्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्काले कार्यक्रमको सञ्चालन गरेका थिए भने सचिव गोविन्द्रप्रसाद काफ्ले, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनालगायतले मन्तव्य राखेका थिए ।
२०७७ साउन १३ गते संघ आधिकारिक रुपमा दर्ता भएको थियो । संघको प्रारम्भिक साधारण सभा २०७७ कार्तिक २२ गते गरिएको थियो । प्रारम्भिक साधारण सभा सम्पन्न भएको ९० औँ दिनमा संस्थाको कार्यालय र कारोबारको शुभारम्भ गरिएको छ । कार्तिक २२ गते सम्पन्न भएको साधारण सभाले उद्धव सापकोटालाई अध्यक्ष चयन गरेको थियो ।
जसको वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ, महिला उपाध्यक्ष राधा सिन्तान, महासचिव जिवसराज खड्का, सचिव गोविन्दप्रसाद काफ्ले, कोषाध्यक्ष टापबहादुर श्रेष्ठ र सदस्यहरुमा इन्द्र घिमिरे, तेजेन्द्र खड्का, जगन्नाथ दाहाल, ठाकुर बास्कोटा, कृष्णगोविन्द लाखाजु, प्रकाश बञ्जारा, प्रदिप थापा, ओमप्रसाद अधिकारी, कृष्णहरी कोईराला, राधा कडेरिया र चक्रबहादुर बस्नेत रहेका छन् ।
Leave a comment