झापा जिल्ला सहकारी संघमा १८ जना चयन एक पद अझै खाली

झापा जिल्ला सहकारी संघमा १८ जना चयन एक पद अझै खाली :: Sahakari Akhabar

झापा । जिल्ला सहकारी संघको निर्वाचन कार्यक्रम सम्पन्न भएपनि अझै एक पद खाली रहेको छ । संघको २४औं वार्षिक साधारण सभामा भएको निर्वाचनले गणेश ढकाल अध्यक्ष, बरिष्ठ उपाध्यक्षमा महेन्द्रकुमार गिरी, उपाध्यक्षमा प्रेमकुमार कोइराला, महिला उपाध्यक्षमा चम्पादेवी खनाल सुवेदी, सचिवमा भवानीप्रसाद दंगाल, सह–सचिवमा कृष्णप्रसाद मिश्र र कोषाध्यक्षमा अर्जुन दंगाललाई निर्वाचित गरेको छ ।

माघ १७ गते सारेको निर्वाचनले संघको १९ सदस्यीय सञ्चालक र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति मध्ये १८ जना छनोट भएका छन् । लेखा सुपरीवेक्षण समिति सदस्यका लागि एक पदमा उमेदवारी नपरेकाले रिक्त रहेको जनाइएको छ । खुल्ला सदस्यहरुमा नारायणप्रसाद गौतम, ढुण्डीराज गुरागाईं र कृष्ण पौडेल, महिला सदस्यहरुमा चन्द्रकला अधिकारी, चन्द्रकला भण्डारी, विन्दा कुमारी थापा र पुष्पा उप्रेती, क्षेत्रिय सदस्यमा १ मा देवीमाया अधिकारी, २ मा केशव बस्नेत, ३ मा नवराज भट्टराई, ४ मा तिलक प्रसाद राजवंशी र ५ मा नारायण प्रसाद भट्टराई निर्वाचीत भएका हुन् ।

सभाले चुडामणि ओझा संयोजक तथा प्रेमसागर सापकोटा सदस्य रहेको लेखा सुपरीवेक्षण समिति समेत निर्वाचित गरेको छ । कोषाध्यक्ष बाहेक सबै पदमा निर्विरोध र सर्वसम्मत नेतृत्व चयन गरिएको हो । कोषाध्यक्ष पदका लागि शनिबार भएको मतदानमा अर्जुन दङ्गालले ११९ मत प्राप्त गरेका थिए । संघले पुष २९ गते २४औं बार्षिक साधारण सभा सम्पन्न गरेको थियो । सम्पन्न साधारण सभाबाट नयाँ संचालक समिति चयन गर्नुपर्ने भएपनि अन्त्यसम्म कोषाध्यक्ष पदकालागि निर्वाचन भएको थियो ।



Leave a comment