झापा। नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले माघ १ गतेदेखि एटिएम सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले सदस्यहरुलाई वित्तीय कारोबारमा थप सहजताका लागि काँकरभिट्टा, चारआली, चन्द्रगढी, शनिश्चरे र दमक कार्यालयबाट एटिएम सेवा सञ्चालन गरिएको जनाएको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले एटिएम सेवाको शुभारम्भ गर्दै सहकारीहरुले सदस्यको सुखदुःखको साथी बनेर सामाजिक उत्तरदायित्वमा अग्रसर भएर पनि बैंकहरुसँग वित्तीय कारोबारमा प्रतिष्पर्धा गर्नुपर्ने बाध्यता रहेको बताए । मेचीनगरका उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रविधिको थप पहुँचमा सदस्य सेवालाई विस्तार गरेको र सहकारी पसलजस्तै ठाउँठाउँमा एटिएम टर्मिनल विस्तार गरेर सेवा प्रवाह गर्न सुझाव दिइन् ।
संस्थाको बैकिङ्ग व्यवसाय विभागका प्रशासनिक प्रमुख मनिष कोइरालाले सदस्यहरुले एटिएम कार्ड प्राप्त गर्ने तरिका र अवसरहरुबारे जानकारी गराए । उनले सदस्यहरुले दिनमा ५० हजार रुपैयाँसम्म पैसा झिक्नसक्ने बताए । संस्थाका अध्यक्षद्धारा पहिलो कारोबार गरेर सेवा सुचारु गरेका थिए ।
Leave a comment