हाइलाइट

कुन प्रदेशको सहकारीमा कति महिला सहभागीता 

सहकारीमा महिला सदस्यको संख्या १२ प्रतिशतले बढी

कुन प्रदेशको सहकारीमा कति महिला सहभागीता  :: Sahakari Akhabar

काठमाडौं । सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार सहकारीमा आवद्ध सदस्य मध्ये महिला सदस्य १२ प्रतिशतले बढी रहेको छ । मुलुकमा २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारीसंस्थाहरु रहेका छन् ।

संघीय सरकार अन्तर्गत १ सय २५ प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेका छन् । जम्मा सहकारीमा ७३ लाख ७ हजार ४ सय ६२ रहेका छन् ।

कूल सदस्य मध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत रहेका छन् । पुरुष सदस्य संख्याको तुलनामा महिला सदस्य संख्या १२ प्रतिशतले बढी रहेको छ ।

मुलुकभरी रहेका सहकारीमा कूल शेयर पूँजी रु. ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८ सय ३ रहेको छ । त्यसैगरी, बचत संकलन रु.४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४ सय ७३ र कूल ऋण लगानी ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय ८१ रहेको विभागले जनाएको छ । सहकारी संघसंस्थाले  मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको  तथ्याङ्क सार्वजनीक भएको छ ।

कुन प्रदेशको सहकारीमा कति महिला सहभागीता 
प्रदेश एक कुल सदस्य संख्या ९ लाख ३५ हजार ७ सय जना । महिला ५ लाख २ सय ४९ र पुरुष ४ लाख ३५ हजार ४ सय ५२ जना ।
प्रदेश दुई  कुल सदस्य संख्या ५ लाख ५५ हजार १ सय ९७ जना । महिला २ लाख ५२ हजार १ सय १२ र पुरुष ३ लाख ३ हजार ८५ जना ।

बागमती प्रदेश कुल सदस्य संख्या २७ लाख १७ हजार ४ सय ६९ जना । महिला १४ लाख ५७ हजार २ सय २ र पुरुष १२ लाख ६० हजार २ सय ६७ जना ।

गण्डकी प्रदेश कुल सदस्य संख्या ११ लाख १६ हजार ६ सय ३२ जना । महिला ६ लाख ४२ हजार १ सय ३० र पुरुष ४ लाख ७४ हजार ५ सय २ जना ।

लुम्बिनी प्रदेश कुल सदस्य संख्या ८ लाख ९८ हजार ६ सय ११ जना । महिला ५ लाख ७६ हजार ३ सय १२ जना र पुरुष ३२ लाख २२ हजार २ सय ९९ जना ।

कर्णाली प्रदेश कुल सदस्य संख्या ४ लाख ४ हजार ९ सय ५६ जना । महिला २ लाख ७२ हजार ३३ जना र पुरुष १ लाख ३२ हजार ९ सय २३ जना ।

सुदुरपश्चिम प्रदेश कुल सदस्य संख्या ५ लाख ४२ हजार ९ सय ८९ । महिला ३ लाख १९ हजार १०० जना र पुरुष २ लाख २३ हजार ८ सय ८९ जना ।



Leave a comment