संस्थाले एनसिसि बैंकको ४५ लाख २४ हजार ९ सय रुपैंयाको प्रमोटर शेयर खरिद गरेको देखिएको छ । संस्थाले अन्तर सहकारी कारोबारलाई प्राथमिकता दिएको छ । संस्थाको बैंकको स्टेटमेण्ट र बैंक लेजरमा हिसाव नमिलेको लेखापरिक्षककले औंल्याएको छ ।
भक्तपुर । मध्यपुर ठिमी– ३ गठ्ठाघरमा रहेको एकता बचत तथा ऋण सहकारीको कारोबार कानुन बिपरित रहेको पाइएको छ । संस्थाले कानुन विपरित ब्याजका लागि प्रारम्भिक सहकारी संस्थामा मुद्धती खातामा रकम राखेको पाइएको छ ।
संस्थाले स्थानीय सहकारीहरुमा मोटो रकम मौज्दातकारुपमा पनि राखेको पाइएको छ । संस्थाले अरनिको नमुना बचत तथा ऋण सहकारीमा १ करोड ६६ लाख ७८ हजार ९ सय ९१ रुपैंया मुद्धती निक्षेपमा राखेको छ भने, यसै संस्थामा १ करोड ५१ लाख २९ हजार ३० रुपैंया, ज्योती बहुउद्देश्यीय सहकारी संस्थामा ७१ हजार ९ सय ८२ रुपैंया, हाम्रो बचत तथा ऋण सहकारीमा १५ लाख ८ हजार २ सय ८२ रुपैंया र नमुना बचत तथा ऋण सहकारीमा ५७ हजार १ सय ३९ रुपैंया मौज्दात राखेको दखिन्छ ।
त्यसैगरी संस्थाले ७९ लाख ९३ हजार ५ सय ४९ रुपैंया छोटो अबधीका लागि संस्थागत लगानी गरेको छ । सापटीका रुपमा लगानी गरेको उक्त कर्जा उठाउन ताकेता गर्नु पर्ने लेखासमितिले औल्याएको छ । संस्थाले एनसिसि बैंकको ४५ लाख २४ हजार ९ सय रुपैंयाको प्रमोटर शेयर खरिद गरेको देखिएको छ । संस्थाले अन्तर सहकारी कारोबारलाई प्राथमिकता दिएको छ । संस्थाको बैंकको स्टेटमेण्ट र बैंक लेजरमा हिसाव नमिलेको लेखापरिक्षककले औंल्याएको छ । संस्थाबाट बैठक भत्ता, परिवहन खर्च तथा संचालक समिति र लेखा समितिका सम्पूर्ण सदस्यलाई पत्रपत्रिका खर्च बाहेक मासिक रुपमा अध्यक्षले १५ हजार, सचिवले २ हजार ५ सय, कोषाध्यक्षले २ हजार ५ सय र ऋण समिति संयोजकले ५ हजार टेलिफोन र इन्धन खर्च बापत लिने गरेको देखिएको छ । संस्थाका अध्यक्षले सरकारी कोषबाट तलब खादैँ आइरहेका छन् ।
कानुनमा के व्यवस्था छ ?
सहकारी ऐन ०७४ को परिच्छेद ७ मा बचत तथा ऋण परिचालन सम्बन्धी ब्यवस्थामा सहकारी संस्थाले सहकारी बैंकबाहेक बचत रकम, अचल सम्पत्ती खरिद गर्न, पूर्वाधार निर्माण, कारोबारमा लगानी गर्न, फर्म वा कम्पनी वा कुनै बैंकको शेयर खरिद वा अन्य कुनै प्रयोजनमा लगानी गर्न नपाइने उल्लेख छ । त्यसैेगरी बागमती प्रदेश सहकारी मापदण्डले बचत तथा ऋणको कारोबार गर्ने एउटा संस्थाले सोही प्रकृतिको कारोबार गर्ने अर्को सहकारी संस्थाको शेयर खरिद गर्न नपाउने ब्यवस्था गरेको छ । समानान्तर अर्को प्रारम्भिक संस्थामा बचत निक्षेप राख्न बन्देज गरेको छ । त्यसैगरी विषयगत संघ, सहकारी बैंक तथा विषयगत केन्द्रिय संघमा रहेको मौज्दातलाई मात्र तरलतामा गणना गरिने उल्लेख छ ।
त्यसैगरी कानुनमा एक सहकारीले अर्को सहकारीसँग ब्याज आम्दानी गर्ने उद्देश्यले कारोबार गर्न बन्देज लगाइएको छ । अन्तरसहकारी कारोबारमा सम्वद्ध सहकारी संस्थाहरुले मन्त्रालयले सम्बन्धित विषयगत संघ वा सहकारी बैंकको भूमिका समेत निर्दिष्ट गरी तोकेको मापदण्ड पालना गर्नुपर्ने भनेको छ । त्यसैगरी अन्तरसहकारी कारोबार सम्बन्धी मन्त्रालयले स्वीकृत गरेको कार्यबिधि अनुसार हुनेछ भनेपनि अहिलेसम्म अन्तरसहकारी कारोबार कार्यबिधि बनेकै छैन । कार्यविधि निर्माणाीधीन चरणमा छ । सार्वजनिक पदमा बहाल रहेको पदाधिकारी वा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको कार्यालय वा निकायमा कार्यरत कर्मचारी सहकारी संस्थाको संचालक वा लेखा समितिमा चयन वा मनोनित हुन नपाउने ब्यवस्था ऐनले गरेको छ ।
Leave a comment