हाइलाइट

सहकारी मार्फत कुन प्रदेशमा कति रोजगारी

सहकारी मार्फत कुन प्रदेशमा कति रोजगारी :: Sahakari Akhabar

काठमाडौं । सहकारी विभागले सहकारीको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ । तीन वर्ष पछि सार्वजनिक गरेको तथ्याङ्कमा सहकारीको तथ्याङ्कगत बिबरण तलमाथि भएको छ । विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कमा सहकारी मार्फत प्रत्यक्ष रोजगारी पाउनेको संख्यापनि सार्वजनिक गरिएको छ ।

२९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थाहरु २० वटा विषयगत केन्द्रीय संघहरु, १ वटा राष्ट्रिय सहकारी बैंक १ वटा राष्ट्रिय सहकारी महासंघ ७० वटा जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेको तथ्याङ्कले देखाएको छ ।

संघीय सरकारसंग १ सय २५ प्रदेश सरकारसंग ६ हजार २ र स्थानीय सरकारसंग २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेको विभागले जनाएको छ । त्यसैगरी सहकारी मार्फत मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको जनाइएको छ ।

सहकारी मार्फत कुन प्रदेशमा कति रोजगारी
प्रदेश एक २० हजार ६ सय ८५ जनाले
प्रदेश दुई १० हजार ८ सय ४३ जनाले
बागमती प्रदेश ३३ हजार ८ सय ९२ जनाले
गण्डकी प्रदेश ७ हजार ६ सय ३८ जनाले 
लुम्बिनी प्रदेश ६ हजार ९ सय ८९ जनाले 
कर्णाली प्रदेश ४ हजार ५ सय ३४ जनाले
सुदुरपश्चिम प्रदेश २ हजार ८ सय १५ जनाले सहकारी मार्फत प्रत्यक्ष रोजगारी पाएको विभागले जनाएको छ ।



Leave a comment