हाइलाइट

अर्थतन्त्रको मुख्य मेरुदण्ड नै सहकारी मुख्यमन्त्रीः पौडेल 

विकास विरोधीले अविश्वासको प्रस्ताव राखे

अर्थतन्त्रको मुख्य मेरुदण्ड नै सहकारी मुख्यमन्त्रीः पौडेल  :: Sahakari Akhabar

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अर्थतन्त्रको मुख्य मेरुदण्डनै सहकारी रहेकोले साना सहकारी अब ठूला सहकारीसंग एकिकरण गरि अघि बढ्नुपर्ने बताएका छन् । हेटौंडा ९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सहकारीले पुँजी वृद्धि गर्दै उद्योग संचालन गर्ने, रोजगारीको सिर्जना निर्माण गर्ने जस्ता काम गर्नुपर्ने बताए ।

उनले अर्थतन्त्रको मुख्य मेरुदण्डनै सहकारी रहेकोले साना सहकारी अब ठूला सहकारीसंग एकिकरण गरि अघि बढ्नुपर्ने बताए । उत्पादन संग जोडेर ऋण लगानी गरि शेयर सदस्यको आर्थिकस्तर वृद्धि गर्न सहकारीको योगदान रहेको हुदाँ सदस्यहरुले आर्थिक वृद्धितर्फ लम्किने कार्य गर्न भने ।

त्यसैगरी मुख्यमन्त्री पौडेलले विकास विरोधीले अविश्वासको प्रस्ताव राखेको बताएका छन् । उनले मकवानपुरका सांसद विकास विरोधी रहेको बताएका छन् । विकास विरोधीहरुले आफुमाथी सांसद सचिवालयमा अविश्वास प्रस्ताव पेश गरेको बताए । प्रदेश सरकारले पूर्वाधार विकासमा विस्तारै फड्को मारिरहेको अवस्थामा मिसन र भिजन नभएको भन्दै आफुमाथि आफ्नै जिल्लाका सांसदले अविश्वास गरि विभिन्न आरोप लगाएको बताए ।

नारायणी सहकारीको रजत महोत्सव समापन 
नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सव बुधबार समापन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख अतिथ्यतामा सभा भएको थियो । सहकारीले रजत महोत्सवको अवसरमा विभिन्न विधाहरुमा पुरस्कृत तथा सम्मान गरेको छ ।

एसईइमा उत्कृष्ट हुने युनिस सुवेदी र कृतिमा ढकाल, असल बचतकर्ता उदयराज खनाल, असल मासिक बचतकर्ता सुमित्रा कुमारी पोखरेल, असल ऋणी दमयन्ती राई दाहाल, खुत्रुके बचतकर्ता रितिस्मा मगर, उत्कृष्ट बचता समुह एन्र्टाटिक विष्टुक कर्मचारी बचत कोष, स्वरोजगार सदस्य इन्दिरा पौडेल, टोल विकास संस्थामा धाप टोल विकास संस्था, शिवम् सिमेन्ट विक्रेताहरु र नियमित उपभोक्ता कन्ट्रक्टसनहरु, संस्थाका कर्मचारी, सिमेन्ट उद्योगहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै, वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, पत्रकार प्रताप विष्ठ, निवर्तमान अध्यक्ष निरंजन ढकाललाई समेत सम्मान गरिएको थियो । सप्ताहव्यापी कार्यक्रमहरुको आयोजना गरी बुधबार संस्थाका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा समापन भएको हो । सहकारीले आफ्नो कार्यक्षेत्र हेटौंडा उपमहानगर र मनहरी गाउँपालिकामा शेयर सदस्यलाई १७ करोड ७९ लाख ५३ हजार ऋण प्रवाह गरेको छ । ४ करोड ७५ लाख ७८ हजार शेयरपुँजी रहेको सहकारीमा २१ करोड ७९ लाख १४ हजार बचत निक्षेप रहेको छ । संस्थाले असार मसान्त सम्म १ अर्ब १७ करोड ८८ लाख १६ हजार कारोबार गरेको छ ।



Leave a comment