काठमाडौं । समृद्ध आवास विशिष्टीकृत सहकारी संघ स्थापना हुने भएको छ । काठमाडौंमा सोमबार भएको प्रस्तावीत संघको भेलाले तर्दथ समिति समेत गठन गरेको छ ।
तदर्थ समितिको अध्यक्षमा प्रदीप थापा चयन भएका छन् । प्रारम्भिक भेलामा ३० वटा सहकारी संस्थाको प्रतिनिधित्व रहेको छ । संस्थाहरुले २५ लाखदेखि १ करोड रुपैयाँसम्म सेयर राखेका छन् । तर्दथ समितिको उपाध्यक्षमा उद्धव सापकोटा, महासचिवमा विकल्प पाठक, कोषाध्यक्षमा राजकुमार लामा रहेका छन् ।
संघको कार्यक्षेत्र देशभर रहने छ । तदर्थ समितिमा सातै प्रदेशको प्रतिनिधित्व रहेको छ । संघको सञ्चालक समिति १३ सदस्यीय रहने बताईएको छ । संघको सेयर पुँजी १ करोड रुपैयाँ हुने जनाईएको छ ।
संघले आवास क्षेत्रमा काम गर्नेछ । संघले आधुनिक सहर निमार्ण गर्ने परिकल्पना गरेको छ । भेलामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलगायतको सहभागीता थियो ।
Leave a comment