हाइलाइट

ललितपुर जिल्ला बचत संघको १५ प्रतिशत लाभांस पारित

संघको २६ औं साधारण सभा सम्पन्न

ललितपुर जिल्ला बचत संघको १५ प्रतिशत लाभांस पारित :: Sahakari Akhabar

ललितपुर । जिल्ला बचत तथा ऋण सहकारी संघको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भर्चुअल रुपमा सम्पन्न सभामा संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । सभामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि उप्रेतीले सहकारीमा ससानो रकम नियमित बचत गर्दै गए आफ्ना लागि मात्र नभई आउने सन्ततीका लागि समेत उपयोगी हुने बताए ।

सघका अध्यक्ष रामहरि बजगाईले यस वर्ष विश्वव्यापी फैलिएको कारोना भाईरसको संक्रमणका कारण आगामि वर्षहरु भन्दा भिन्न प्रकृतिबाट साधारण सभा गरेको बताए । संघले मंसीर २८ देखि पौष ४ गते सम्म स्थानियतहरुमा नै गई संघको वार्षिक प्रतिवेदन वितरण तथा उपस्थिति कार्यक्रम गरेको जानकारी दिए । संघले सदस्य संस्थाहरुको क्षमता विकासका लागि समयसमयमा निःशुल्क तालिम, अध्ययन अवलोकन भ्रमण, सेमिनार, अन्तरक्रिया, जस्ता कार्यक्रमहरु गर्दै आएको बजगाईले बताए ।

संघका कोषाध्यक्ष दिपक घिमिरेले आ.व. २०७६/०७७ को आर्थिक प्रतिवेदन सभामा पेश गरेका थिए । संघमा ५२१ संस्था सदस्य, ३ करोड ७५ लाख शेयर पूँजी, १ करोड १९ लाख बचत संकलन, ७८ करोड ४५ लाख कर्जा लगानि भएको जानकारी दिए । गत आ.व. को नाफाबाट सदस्य संस्थालाई १५ प्रतिशत लाभांस दिने निर्णय सभाले गरेको छ ।

सभामा ६ वटै स्थानीय तहका एक–एक उत्कृष्ट सहकारीहरुलाई सम्मान गरिएको थियो । ललितपुर महानगरपालिकाबाट अष्टमातृका साकोस, महालक्ष्मी नगरपालिकाबाट श्री उदय विनायक साकोस, गोदावरी नगरपालिकाबाट सप्तरङ्गी साकोस, बागमति गाउपालिकाबाट श्री सिशौटार महिला साकोस, महाकाल गाउपालिकाबाट कालेश्वर साकोस उत्कृष्ट संस्था घोषणा भएका छन ।

आ.व. २०७६/०७७ मा शेयर वृद्धि कार्यक्रममा सहभागि भई संघको शेयर वृद्धिमा महत्वपूर्ण योगदान पु¥याए बापत रत्नाकार साकोस, पद्मावती साकोस र ईमाडोल साकासलाई सम्मान गरिएको थियो भने आ.व. २०७६/०७७ मा उत्कृष्ट कारोबार गर्ने संस्था तर्फ हाम्रो साकोस सम्मानित भएको छ ।

सहकारी ऐन २०७४ तथा सहकारी नियमावलि २०७५ को मुल मर्म  सहकारी एकिकरण (मर्ज) गर्न सफल भएकोमा संघमा आवद्ध संस्थाहरु प्राकृतिक साकोस, सन्तानेश्वर नौ धारा साकोस, हाम्रो साको, समाउन्ट नेपाल सहकारी ,जनप्रिय साकोस र कर्मठ सामुदायिक साकोसलाई सहकारी एकिकरण विधा तर्फ प्रशंसा पत्र प्रदान गरिएको थियो । संघको उत्कृष्ट कर्मचारी तर्फ लेखापाल सबिना बजगाई र पूर्व सञ्चालक सम्मान विधा तर्फ संघका संस्थापक अध्यक्ष रोहिणी जोशीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव श्यामकृष्ण महर्जनले गरेका थिए ।



Leave a comment