सहकारीको तथ्याङ्कमा घटबढ, संख्या घट्यो, कारोबार बढ्यो

सहकारीको तथ्याङ्कमा घटबढ, संख्या घट्यो, कारोबार बढ्यो :: Sahakari Akhabar

काठमाडौं । सहकारी विभागको पछिल्लो तथ्याङ्कामा सहकारीको संख्यामा घटबढ भएको देखिएको छ । सहकारी विभागले २०७७ मा गरेको देशव्यापी अध्ययनबाट मुलुकभर ३० हजार ६ सय २५ सहकारी संस्थाहरू रहेको जनाएको छ । पछिल्लो तथ्याङ्क विभागले सार्वजनिक नगरेको भएपनि सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले एक लेख मार्फत उक्त कुरा बताएका हुन् । यस अघि ०७४ सम्मको तथ्याङ्क मात्र सहकारी विभागमा उपलब्ध थियो । उक्त तथ्याङ्क अनुसार सहकारीको संख्या ३४ हजार ५ सय १२ रहेको  छ ।

उनका अनुसार मुलुकमा रहेका करिब ३० हजार सहकारीमा ६५ लाख १५ हजार ४ सय ६० सदस्य, रहेको जनाइएको छ र अघिल्लो तथ्याङ्कमा ६३ लाख ५ हजार ५ हजार ५ सय ८१ रहेको देखाइएको थियो । त्यसैगरी ७८ अर्ब २४ करोड कुल सेयर पुँजी रहको बताइएको थियो भने यस अघिको तथ्याङ्कमा ७३ अर्व १७ करोड ८७ लाख १५ हजार रहेको थियो । त्यस्तै यसबाट ६८ हजार ४ सय जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेको बताइएको छ । नेपालका सहकारीमा महिला सदस्य करिब ५२ प्रतिशत र नेतृत्वमा महिला ३९ प्रतिशत रहेको बताइएको छ ।

यद्यपी यसको अन्तिम विवरण केही दिनमै सार्वजनिक गर्ने गरी विभागले तयारी गरेको उनको लेखमा उल्लेख छ । उनका अनुसार ती सहकारीमध्ये बचत तथा ऋणको कारोबार गर्ने सहकारी बढी छन । नेपालका सहकारीहरुले ग्रामीण समुदायहरुको जीविका सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । त्यसैगरी विभागले हालसम्म सहकारी एकीकरणसम्बन्धी ४७ निर्णय गरेको र यसबाट १ सय ४ सहकारी संस्थाहरु मिली ४७ वटा कायम भएको लेखमा उल्लेख छ ।



Leave a comment