अग्रजले बनाएको बाटोमा हिडेको भन्दै, कास्कूनको प्रेस विज्ञप्ती

अग्रजले बनाएको बाटोमा हिडेको भन्दै, कास्कूनको प्रेस विज्ञप्ती :: Sahakari Akhabar

केही समय अगाडी संघिय सहकारी ऐन र संघिय ऐन विपरित कास्कूनका अध्यक्ष दिपक पनेरुले दोहोरो पद ओगटेको विषयमा समाचारहरु प्रकाशित भएपछि संघले त्यसको बचाउमा विज्ञप्ती जारी गरेको देखिन्छ । संघिय ऐन र प्रदेश सहकारी ऐनको व्यवस्था अनुसार कुनै पनि व्यक्ति दुई संघको संचालकमा बस्न पाइदैन । यहि व्यवस्थाको उल्लंघन गर्दै पनेरु नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा र काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) मा दोहोरो जिम्मेवारीमा छन् ।

काठमाडौं । केही दिनयता संघ र संचालकको विषयमा समाचार आएपछि काठमाडौं बचत तथा ऋण सहकारी संघले अग्रजले बनाएको बाटोमा हिडेको दावी गर्दै प्रेश विज्ञप्ती जारी गरेको छ । संघक कामका बारेमा समाचार नलेख्न, टिका टिप्पणी नगर्न चेतावनीको शैलिमा प्रेस विज्ञप्ती जारी गरेको छ ।

संघले भदौ १० गते सामाजीक सञ्जाल मार्फत सार्वजनीक गरेको विज्ञप्तीमा कास्कूनका विषयलाई लिएर सम्प्रेषण भएका समाचार प्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारी गरेको छ । संघमा दर्ता हुने विवादहरुको निरुपण कानुन र सहकारी मूल्य मान्यता र शिद्धान्त हुने भन्दै संघबाट भएका काम कारबाही उपर चित्त नबुझे निर्धारित बिधि र प्रकृया अनुरुप उपचारको प्रकृया अपनाउन सकिने विज्ञप्तीमा उल्लेख छ ।

संघका सचिव सालिकराम पुडासैनीले हस्ताक्षर गरेको विज्ञप्तीमा बिगतको निरन्तरताबाट बिधि, प्रकृया र परंम्पराहरुको अनुशरण गरेको उल्लेख गरिएको छ । त्यसैगरी संघका काम कारबाहीको बारेमा भ्रम सिर्जना हुनेगरी समाचार, टिका टिप्पणी गरेमा संघको मर्यादा र गरिमामा आँच आउने भनिएको छ । विज्ञप्तीमा संघको कार्यक्षेत्र तथा दायरा भित्रका काम कारबाही सम्पादनमा प्रभाव पर्ने गरी समाचारहरुको प्रवाह वा टिका टिप्पणी नगर्न भनिएको छ ।

केही समय अगाडी संघिय सहकारी ऐन र संघिय ऐन विपरित कास्कूनका अध्यक्ष दिपक पनेरुले दोहोरो पद ओगटेको विषयमा समाचारहरु प्रकाशित भएपछि संघले त्यसको बचाउमा विज्ञप्ती जारी गरेको देखिन्छ । संघिय ऐन र प्रदेश सहकारी ऐनको व्यवस्था अनुसार कुनै पनि व्यक्ति दुई संघको संचालकमा बस्न पाइदैन । यहि व्यवस्थाको उल्लंघन गर्दै पनेरु नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा र काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) मा दोहोरो जिम्मेवारीमा छन् ।

नेफ्स्कूनको संचालक रहदै कास्कूनको अध्यक्षमा निर्वाचित भएका उनी पुनः नेफ्स्कूनको कोषाध्यक्षमा समेत निर्वाचित भएका हुन् । वाग्मती प्रदेशको सहकारी ऐनको दफा ७ मा ‘कुनै तल्लो तहको सहकारी संघको सञ्चालक माथिल्लो तहको संघमा निर्वाचित भएमा तल्लो तहको सहकारी संघको सञ्चालक तत्काल छा्ड्नु पर्छ’ भन्ने उल्लेख छ ।

अध्यक्ष पनेरु भने सहकारी संघहरुमा धेरै पदाधिकारीहरुको दोहोरो पद रहेकाले सबैले पद छोडेमा आफु पनि छाड्न तयार रहेको बताउछन् । ऐन विपरित दोहोरो पद लिएका व्यक्तिलाई अहिलेसम्म संघिय र प्रादेशिक विभागले कुनै कारवाही गरेको छैन । कारवाहीबाट बच्नकै लागि कास्कूनले केहि समय अघि वाग्मती प्रदेशका रजिष्टार बिक्रम पाण्डेलाई सम्मान गरेको केही सहकारीकर्मीहरु बताउँछन् ।

Leave a comment