काठमाडौं । मूलुक संघिय संरचनामा गएसंगै हरेक संघ संस्थाका संरचनाहरुपनि परिवर्तन हुँदै गएका छन् । संरचनाहरुको तीन तहमा बिभाजन हुँदै गए पनि सहकारीको भने पाँच लेयर बनेको छ । स्थानीय तह, प्रदेश र संघको संरचना हुनुपर्ने अवस्थामा सहकारीको संरचना त्यस भन्दापनि माथि गएको छ । प्रारम्भिक, जिल्ला, प्रदेश, केन्द्र र महासंघ गरी सहकारीको संरचना पाँच लेयर बनेको हो ।
लेयर बढेसंगै काम, कर्तब्य र अधिकारको पनि बहस हुन थालेको छ भने भएका संरचनाहरु के हुने भन्ने प्रष्ट छैन । भएका संरचनाहरुको ब्यवस्थापन नगरी तह थपिंदै लानु सहकारीहरुले आर्थिक भार थपिने आंकलन गरेका छन् भने धेरैले सहकारी नेताको भागवण्डा मिलाउने काम मात्र भएको र त्यस्ता संघहरुबाट सहकारी अभियानकालागि उपलब्धिमूलक काम हुनेमा शंका गरेका छन् ।
सहकारीमा कुन तह र संरचनाको के भूमिका रहने अभियान अलमलियको छ भने प्रारम्भिक संस्थाहरु कुन तहको संघसंग सहकार्य गर्ने भन्नेमा अन्यौलमा छन् । पछिल्लो समय प्रदेश सरकारले धमाधम प्रदेशस्तरिय संघहरु दर्ता गर्न थालेको छ । हालै बागमती प्रदेश सहकारी संघ, बचत तथा ऋण सहकारी संघ र कृषि संघले एकैदिन दर्ताको प्रमाणपत्र पाएका छन् । यो संगै प्रदेशस्तरिय संघहरु दर्ता हुने क्रम बढेको छ ।
Leave a comment