सहकारी विकास बोर्डलाई प्राधिकरण बनाउने तयारी

सहकारी विकास बोर्डलाई प्राधिकरण बनाउने तयारी :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डलाई प्राधिकरण बनाउने तयारी भइरहेको छ । राष्ट्रिय सहकारी विकास बोर्डले संसोधन गर्न लागेको राष्ट्रिय सहकारी नीति, २०६९ को पुनरावलोकन मस्यौदामा बोर्डको पूनर्संरचना गरी प्राधिकारण बनाउन प्रस्ताव गरिएको छ ।

सकालागि कानुन संसोधनको तयारी भैरहेको छ । बोर्डलाई अधिकार सम्पन्न तुल्याई राष्ट्रिय सहकारी विकास प्राधिकरणमा रुपान्तरण गरिने भएको हो । यसकालागि १ वर्ष भित्र कानूनी व्यवस्था गर्ने (नीतिगत परामर्श, अध्ययन तथा अनुसन्धान, सरकारी, सहकारी र सहयोगी निकायहरू बीच समन्वय, नमूना परियोजना सञ्चानल, सहकारी विकास कोष परिचालन, सहकारी प्रबद्र्धनको कार्यहरू गर्ने राष्ट्रिय सहकारी संगठनको रुपमा विकास गर्ने जनाइएको छ ।

कानूनी व्यवस्था भएको ३ महिना भित्र प्राधिकरणको गठन गर्ने, र कानूनी व्यवस्था भएको २ वर्ष भित्र सबै प्रदेशमा प्रदेश कार्यालयहरूको स्थापना गर्ने साथै प्राधिकरण गठन भएपछि एक वर्ष भित्र सहकारी विकास कोषको आकार र दायरा बृद्धि गर्ने मस्यौदामा उल्लेख छ ।



Leave a comment