सिन्धुपाल्चोक । असार २४ गते आएको वर्षाले भोटेकोशी र खाग्दल खोलामा आएको बाढीले त्यहाँ रहेको सहकारीको कृषि फर्म बगाउँदा आधा करोड बढीको क्षती भएको छ । सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी नदी र खाग्दल खोलामा आएको भिषण बाढी पहिरोले श्री तपाइ हाम्रो नमुना साना किसान कृषि सहकारी संस्थाद्धारा संचालित एकिकृत नमूना कृषि फर्म बगाउँदा ५१ लाख ८९ हजार ५ सय बराबरको सम्पत्ती नष्ट भएको हो ।
फार्ममा रहेका पशु तथा सरसामानहरु बाढीले बगाएको छ भने कृषि फर्मको जग्गा बगरमा परिणत भएको संस्थाका अध्यक्ष शेरबहादुर रायले जानकारी दिए । फार्ममा रहेका खसी बोका, बाख्रा, बंगुर, कुखुरा, कृषि सामाग्री लगायत अन्य भौतिक संरचना सहित कृषि सामाग्रीहरु बगाएको तर मानवीय क्षती भने नभएको संस्थाकी ब्यवस्थापक बिनीता श्रेष्ठले जानकारी दिइन् । उनले फार्म ब्यवस्थापक चाउरे विष्णु मगर र उनको परिवार पनि फर्ममा बस्ने गरेको बताइन् । उनले भनिन् ‘बाढीले उनीहरुलाई केही भएको छैन, भागेर ज्यान बचाएछन् अहिले उक्त परिवार टेण्टमा बस्ने ब्यवस्था मिलाएका छौं । कृषि फर्मको भने नामो निशान छैन ।’
बाढीले बगाउनु अघि



संस्थाकी ब्यवस्थापक विनिता श्रेष्ठका अनुसार अनुमानित क्षतिको विवरणः
१) वंगुरको खोर–१९ कोठा – रु.१९,२०,०००।–
२) मलखाद ट्याङ्की –३ कोठा – रु.२,५०,००० ।–
३)खानेपानी ट्याङ्की–१ कोठा – रु.९०,०००।–
४)सिंचाई पाईप (४०)को ७०० मिटर –रु.८७,५००।–
५)पोलिथिन ट्याङ्की – २ वटा (१००० लि.)– रु.२०,००० ।–
६)कुखुराको खोर –३ कोठा – रु.४,२०,००० ।–
७)साधारण ट्रस मान्छे बस्ने – ३ कोठा – रु.५,१०,०००।–
८)डिप फ्रिज–२ वटा – रु.७०,०००।–
९)दुध क्यान –३ वटा – रु.९,०००।–
१०)मोटरसाईकल १ – रु.२,००,०००।–
११)६ रोपनी जग्गा तरकारीहरु– रु.६५,०००।–
१२)खसी ३ वटा – रु.४५,०००।–
१३)बाख्रा १ वटा – रु.१३,०००।–
१४)वंगुर भाले – १ वटा
१५) व्याउने वंगुर – ८ वटा
१६ बयस्क बंगुर – ३० वटा
१७)साना पाठापाठी बंगुर – ५० वटा
१८)विक्री गर्न तयारी वंगुर–२०वटा
१९)मासु जोख्ने मेसिन– रु.१०,०००।–
२०) खाद्यन्न÷नगद÷गरगहना÷घरको सामान – रु.३,९०,०००।–
कुल रकम– रु.५१,८९,५०० ।–
Leave a comment