हाइलाइट

लकडाउनमा पनि कुमारी साकोसको ३६५ दिने सेवा संचालन 

लकडाउनमा पनि कुमारी साकोसको ३६५ दिने सेवा संचालन  :: Sahakari Akhabar

काठमाडौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी बचत तथा ऋण सहकारी संस्थाले ३६५ दिने सेवालाई निरन्तर संचालन गरिरहेको छ । कोरोना भाइरस संक्रमण्मको त्रासमा नेपाल सरकारले गरेको लकडाउन (बन्दाबन्दी) को समयमा पनि सदस्यहरुलाई नियमित सेवा दिइरहेको जनाएको छ । संस्थाको आफ्नै भवन चाबहिल तथा सेवा केन्द्र कालीमाटी, ठमेल, साँखु र बालाजुबाट सदस्यहरुले बचत भुक्तानी, बचत जम्मा, रेमिटेन्स लगाएत एटिएम सेवा लिइरहेको संस्थाका अध्यक्ष सूर्यध्वज न्यौपानेले जानकारी दिए ।

स्थाले विषम परिस्थिीतिमा समेत आफ्ना सदस्यहरु लाई नियमित रुपमा कार्यालय संचालन गरी सेवा प्रदान गरिरहेको र बिहान १० बजे देखि दिउँसो २ बजे सम्म ३६५ दिने काउण्टर सेवा दिएको हुँदा सदस्यहरुलाई रकम राख्न र झिक्न तथा रेमिटेयान्स सेवा लिन समस्या नभएको संस्थाकी ब्यवस्थापक ईश्वरी सिंहले जानकारी दिइन ।

उनले संस्थाबाट एटिएम तथा रेमिटेन्स सेवा सदस्य बाहेक अन्य मानिसहरुले पनि उपयोग गरेको बताइन । देशब्यापी रुपमा भएको लकडाउनको समयमा बैंकहरुले आफ्नो शाखाहरु नियमित संचालन गर्न नसकीरहेको अवस्थामा समेत कुमारी सहकारीले मुख्य कार्यालय तथा सेवा केन्द्रहरुबाट सदस्य लगाएत गैर सदस्यले कारोबार गर्न पाईरहेकोले सहकारी सेवामुखी व्यवसाय हो भन्ने सन्देश गएको बताइन् ।
 



Leave a comment