काठमाडौं । आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सहकारीका एक हजार साना किसान सहकारीमार्फत तीन अर्ब ६० करोड कर्जा प्रवाह गरी उद्यमशीलता बढाउने बताएका छन् । उनले सहकारी मार्फत उत्पादान, भण्डारण गर्न प्रदेश प्रदेशमा उपभोक्ता पसल सञ्चालन हुने बजेटमा उल्लेख छ । सहकारीमार्फत कर्जा उपलब्ध गराइ साना तथा घरेलु उद्योग स्थापना गरिने अर्थ मन्त्रि खतिवडाले बताएका छन् ।
सहकारी कर्जा सूचना केन्द्र स्थापना गर्ने बताएका छन् । सहकारीलाई उत्पादनतर्फ लगाइने भएको छ । उत्पादनमा लगाएर सहकारीमार्फत दिगो आर्थिक विकास गरिने अर्थमन्त्री डा युवराज खतिवडाले बताए । अर्थमन्त्री खतिवडाले सहकारीलाई घरेलु तथा साना उद्योग, उत्पादान, भण्डारण, प्रशोधन क्षेत्रमा लगाइने बताए । सहकारी संस्थागत क्षमता, स्वनियमन र सुसासन कायम गर्न प्रेरित गर्ने उनको भनाइ छ ।
बचत सहकारीलाई नगदरसहित कारोबार गर्न प्रेरित गरिने बताए । मर्जरमा प्राथमिकता दिने समेत बताइएको छ । सहकारी कर्जा सूचना केन्द्र र कर्जा सुरक्षण कोष स्थापना गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए । वैदेशिक रोजगारीबाट फर्केकालाई सहकारीमार्फत उद्यमशीलता बढाउन सरकारले योजना अघि सारेको छ । देशभर ३४ हजार ८ सय ३७ सहकारी छन् । ती सहकारीमध्ये आधाभन्दा बढी बचत तथा ऋण सहकारी मात्रै छन् । सरकारले बचत भन्द उत्पादन, बजारीकरणमा सहकारीलाई केन्द्रित गर्ने कार्यक्रम ल्याइएको छ
Leave a comment