हाइलाइट

सहकारीमा साढे ३ सय अर्ब बचत परिचालन

सहकारीमा साढे ३ सय अर्ब बचत परिचालन :: Sahakari Akhabar

काठमाडौं । सहकारीमा साढे ३ सय अर्ब बचत परिचालन भएको सर्वेक्षणले देखाएको छ । आर्थिक सर्वेक्षण अनुसार एक वर्षको अवधिमा सहकारी क्षेत्रमा ५ अर्ब बचत बढेको छ ।

आर्थिक वर्ष २०७६/०७७ को फागुनसम्म सहकारी क्षेत्रमा ३ खर्ब ५० अर्ब ५८ करोड बचत परिचालन भएको छ भने आर्थिक वर्ष २०७५/०७६ को सोही अवधिमा सहकारीको बचत परिचालन ३ खर्ब ४५ अर्ब ५४ करोड बचत परिचालन भएको थियो । सहकारी क्षेत्रले एक वर्षको अवधिमा ४ अर्ब ऋण परिचालन  गरेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ को फागुनसम्म सहकारी क्षेत्रमा ३ खर्ब ४१ अर्ब ७१ करोड ऋण परिचालन भएको छ । आर्थिक वर्ष २०७५/०७६ को सोही अवधिमा ३ खर्ब ३२ अर्ब ७१ करोड ऋण परिचालन भएको थियो । सहकारीमा ७७ अर्ब २४ करोड सेयर पुँजी छ । ६५ लाख १५ हजार ४ सय ६० जना सहकारीमा आवद्ध भएका छन् ।

सहकारी क्षेत्रलाई गरिबी निवारण र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने भनिएपनि त्यसो हुन नसकेको पाइएको छ । आौसतमा एक सहकारीले दुई जनासम्मलाई पनि रोजगारी दिन सकिरहेका छैनन् । सहकारी वित्तीय क्षेत्रमा मात्र केन्द्रीत हुदाँ रोजगारी सिर्जना हुन नसकेको हो । अधिकांश सहकारीले बचत तथा ऋणको कारोबार मात्रै गर्छन् ।

उत्पादनलगायत बजारीकरणमा सहकारीले लगानी बढाउन नसक्दा रोजगारी सिर्जना हुन नसकेको हो । गरिबी निवरणमा पनि सहकारीले खासै उल्लेख्य प्रगति गर्न सकेको देखिदैँन । देशभर सहकारीको संख्या ३४ हजार आठ सय ३७ छ । सहकारीले प्रत्यक्ष रोजगारी दिएको संख्या ६८ हजार चार सय मात्रै छ । उत्पादन, बजारीकरण र रोजगारी सिर्जना गर्न सहकारीको भूमिमा बढ्न नसक्दा राज्यले अवलम्बन गरेको तीन खम्बे अर्थनीति (सार्वजनिक, निजी र सहकारी क्षेत्र ) असफलतर्फ उन्मुख भएको छ ।

सञ्चालनमा आएका मध्ये आधा सहकारी बचत तथा ऋणकै केन्द्रित छन् । अन्य अधिकांश सहकारीले उद्देश्य अनुरुपको काम नगरेर बचत तथा ऋणकै कारोबारमा अल्झिरहेका कारण सहकारीको संख्याको अनुपातमा रोजगारी सिर्जना हुन नसकेको हो । राज्यले सहकारी क्षेत्रलाई उत्पादन र रोजगारीसँग जोड्ने अभियान सञ्चालन गर्ने नीति लिएको छ ।

उसले प्रकृति र विषय मिल्ने सहकारी मर्जर गरेर उत्पादनमा जाने नीति तथा कार्यक्रममै उल्लेख गरेको छ । उत्पादन र रोजगारी सिर्जना गर्न सहकारीको भूमिका बढाउने सरकारको नीति छ । तर आकर्षक प्याकेज दिन नसक्दा सहकारीले उत्पादनतर्फ लगानी बढाउन सकेका छैनन् । 
 



Leave a comment